चन्द्र नहरमा डुबेर एकको मृत्यु

Published on

काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिका–११ का ५५ वर्षीय कर्णबहादुर तामाङको आइतबार चन्द्र नहरको पानीमा डुबेर मृत्यु भएको छ। कञ्चनरूप नगरपालिका ६ स्थित चन्द्र नहरको पानीमा डुबेको अवस्थामा तामाङको शव आइतबार फेला परेको हो । मानिस डुबेको खबर पाएपछि प्रहरी घटनास्थल पुग्दा नहरको पानीमा डुबेको अवस्था तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्राकृतिक मुचुल्का लगायतका आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाएको तथा घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...