चन्द्र नहरमा डुबेर एकको मृत्यु

Published on

काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिका–११ का ५५ वर्षीय कर्णबहादुर तामाङको आइतबार चन्द्र नहरको पानीमा डुबेर मृत्यु भएको छ। कञ्चनरूप नगरपालिका ६ स्थित चन्द्र नहरको पानीमा डुबेको अवस्थामा तामाङको शव आइतबार फेला परेको हो । मानिस डुबेको खबर पाएपछि प्रहरी घटनास्थल पुग्दा नहरको पानीमा डुबेको अवस्था तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्राकृतिक मुचुल्का लगायतका आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाएको तथा घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...