ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकियो नेपाल

Published on

काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली पहिलो मैत्रीपूर्ण खेलमा ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएका छ ।

अल्सडरसट टाउन फुटबल क्लबको मैदान घरेलु मैदान इबिबी रङ्गशालामा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । नेपालले दोस्रो मैत्रीपूर्ण खेल सोमबार इङ्ल्यान्ड ‘सी’ टोली सँग खेल्नेछ । नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल खेल्न बेलायतमा पुगेको हो । विश्वकप छनोट अन्तर्गत नेपालले जेठ २४ गते दशरथ रङ्गशालामा संयुक्त अरव इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल विश्वकप छनोटबाट भने यसअघिनै बाहिरिसकेको छ ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...