गहुँको मूल्य पाउँदा किसान खुशी

Published on

काठमाडौं । यस वर्ष गहुँको मूल्य अत्याधिक बढेको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा १५ प्रतिशत बढेर चार हजार २०० रुपियाँमा खरिद भइरहेको छ भने बिक्री मूल्य चार हजार तीन सय पुगेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८० पुस १२ गते बसेको बैठकले आ.व. २०८०\८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार ६५० तोकेको थियो । अघिल्लो वर्ष गहुँको मूल्य तीन हजार ३५१ तोकेको थियो । बीउ मल र श्रमिकको मूल्य अनुसार उत्पादनको मूल्य नपाएर हैरान किसान गहुँको मूल्य पाएपछि भने खुशी भएका छन् । जोशीपुर गाउँपालिका–४ झवहीका किसान राजेश चौधरी यसरी नै धानको मूल्य पाउने हो भने कृषिमा युवाहरुको आकर्षष बढ्ने र किसानहरुले दुखी हुनु नपर्ने बताउनुहुन्छ । चौधरीले दश विघा खेतमा ३०० क्वीन्टलभन्दा बढी गहुँ फलाउनु भएको छ । यस्तै जानकी गाउँपालिका–४ मुनुवा किसान भागीराम चौधरी सबै उत्पादनको उचित मूल्य पाए किसानले पनि छोराछोरी पढाउन सक्ने, उपचार गर्न सक्ने आशा जागेको बताउनुहुन्छ । भागीरामले आफ्नो गहुँ घरघरै पुर्‍याएर प्रति क्वीन्टल चार हजार ३०० मा बेच्नु भएको छ ।

गहुँ उत्पादक किसानले राम्रो मूल्य पाएका छन् । ‘वैशाख ८ गते नेपालगञ्जका मैदा उद्योगहरुले गहुँको प्रति क्वीन्टल चार हजार ३०१ मूल्य राखेपछि यहाँका व्यापारी पनि प्रतिस्पर्धामा उत्रिएर चार हजार दुई सय रुपिायँ सम्ममा किने,’’ सुरेश ट्रेडर्स टीकापुरका सञ्चालक सुरेश पुरबार भन्नुहुन्छ, ‘‘गाउँगाउँमा पक्की सडक पुगेकाले ग्रामीण क्षेत्रबाट मिलले त्यही भाउमा गहुँ उठाएका छन् ।’’ पोहोर साल खरिद दर तीन हजार आठ सय रुपियाँमा खरिद भएकोमा यसवर्ष चार हजारबाट सुरु भएको छ । ‘‘रोग किरा नलागेको, पानी परेको मलको अभाव नभएकाले गहुँ उत्पादन बढेको छ’’ कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा बताउँनुहुन्छ, ‘‘खान र बीउ राखेर पाँच लाख क्वीन्टलभन्दा बढी गहुँ बजारमा आउछ ।’’

कैलालीमा ३४ हजार ५०० हेक्टरमा गहुँ खेती भएको र प्रति हेक्टर तीन टनका दरले उत्पादन १० लाख ३५ हजार क्वीन्टल फल्ने त्यसबाट बीउ र खाना छुट्टयाएर पाँच लाख क्वीन्टल गहुँ बजारमा आउने तथ्याङ्क छ । अघिल्ला वर्षहरुमा भारतले गहुँ आयात गर्ने र त्यो नेपाल पनि भित्रिने गरेकोमा रुस–युक्रेन युद्धपछि गहुँ आयात रोकिएको छ नेपालमा उत्पादित गहुँले मूल्य पाएको जानकारहरु बताउछन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...