अन्नपूर्ण आरोहण मार्गको प्रवर्द्धनमा गाउँपालिका

Published on

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने मार्गको प्रवर्द्धनमा जुटेको छ । पालिकाको वडा नम्बर ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र त्यहाँ पुग्ने पदमार्ग भर्जिन गन्तव्य हो ।
उत्तरी आधार शिविर हुँदै हिमाल आरोहण गर्ने आरोहीहरुको सङ्ख्या वर्षेनी बढ्न थालेको छ । साथै भर्जिन गन्तव्यका रुपमा परिचित भएकाले पदयात्राका लागि अन्तरिक पर्यटकहरु पनि आउन थालेका छन् ।

जेठो हिमालका रुपमा परिचित आठ हजार ९१ मिटर उचाइ रहेको अन्नपूर्ण प्रथम हिमालको सन् १९५० जुन ३ तारिखका दिन पहिलोपटक फ्रान्सका मौरिस हर्जोेगले सफल आरोहण गर्नुभएको थियो । हिमाल आरोहणका लागि मौरिस हर्जोगले प्रयोग गरेको मार्गलाई गाउँपालिकाले मौरिस हर्जोग पदमार्ग नामाकरण गरेर यसको प्रचारप्रसार, प्रवर्द्धन र पूर्वाधार निर्माणमा जुटेको छ । एकवर्ष यता अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । भर्जिन गन्तव्यका रुपमा चिनिएको उत्तरी आधार शिविर र पदमार्गको प्रचारप्रसार, प्रवर्द्धन र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु, पर्यटन सँग सरोकार राख्ने संघसस्थाहरु लगायतलाई पदमार्ग र आधार शिविरको भ्रमणमा लैजाने गरेको पालिका अध्यक्ष पुनले बताउनुभयो । वैशाख १९ देखि २१ गतेसम्म जिल्ला जनप्रतिनिधिहरु सहित सुरक्षा निकायका प्रमुखहरु सहितको टोली आधार शिविर पुगेर फर्किएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको नेतृत्वमा ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रजिअलगायत सुरक्षा अधिकारी, जनप्रतिनिधि प्राविधिक, पत्रकार र स्थानीय अगुुवाहरु गरी ६० जनाको टोली आधार शिविर पुगेर फर्किएको अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । यसअघि आधार शिविर जाने पदमार्ग र आधार शिविर क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी, भूगर्भविद्, वातावरणविद् र जनप्रतिनिधिसमेतको टोलीले स्थलगत अवलोकन, निरीक्षण गरिसकेको छ । अन्नपूर्ण दिवस जुन ३ तारिखका दिन म्याराथुन प्रतियोगिता आयोजना गर्नका लागि सम्भाव्यता अध्ययन समेत गरेको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अन्नपूर्ण आधार शिविर पुग्ने मौरिस हर्जोग पदमार्गलाई विश्वस्तरमा चिनाउन अन्नपूर्ण दिवस पारेर म्याराथुन प्रतियोगिताको सम्भाव्यताका वारेमा समेत अध्ययन गरेका छौं ।’’

नारच्याङदेखि दुई घण्टाको सवारी साधनको यात्रा पछि पुगिने हुुमखोलाबाट सुरु हुने पदमार्ग हुँदै गुराँसेडाँडा, फुुतफेते झरना, सम्धीखर्क, भुुसकेत भेला, पञ्चकुुण्ड ताल हुुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविरसम्म पुग्न सकिन्छ । पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार भएपछि अन्नपूर्ण आधार शिविरमा पर्यटकहरु पुुग्न थालेका छन् । नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको अन्नपूर्णको उत्तरी आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । दुई दिनको पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तव्य रोज्नेहरुलाई अन्नपूर्ण उत्तरी अधारशिविर आकर्षक गन्तब्य बन्ने सम्भावना रहेको पदयात्राका लागि आधार शिविर पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

हिमाल आरोहणका लागि हर्जोगले प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । चालु आर्थिक वर्षमा गाउँपालिकाको पचास लाख बजेटमा भुसकेत र आधार शिविरमा आश्रयस्थल निर्माण गर्ने तयारी गरेको छ । अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ । गोरखापत्र

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...