जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्ष नयाँ निर्माण गरिने

Published on

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा क्षमताभन्दा बढी थुनुवा राख्दा दुरावस्था भएको भन्दै नयाँ हिरासत कक्ष निर्माणको पहल थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्कीले हिरासत कक्ष सानो भएको र त्यसमा थुनुवाहरू कोचाकोच हुने गरेको कुरा अधिकारकर्मीहरूले पटक(पटक ध्यानाकर्षण गराउँदै आएको हुँदा हिरासत कक्षलाई तत्काल व्यवस्थित गर्न पहल थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, प्रदेश सरकारबाट आवश्यक बजेट व्यवस्थापन गरिदिन सामाजिक विकास मन्त्री रत्न खत्रीले प्रतिबद्धता व्यक्त गर्नु भएको छ, सोही कारणले नयाँ हिरासत कक्ष निर्माणको पहल थालेको हौँ । समस्या देखाएर मात्रै नहुने जनाउँदै एसपी कार्कीले समाधानका लागि पनि अग्रसरता आवश्यक भएकाले त्यसतर्फ पहल लिइएको जानकारी दिँदै अबको केही समयमा सो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै प्रहरी प्रमुख कार्कीलाई मानवअधिकार र कानुन व्यवसायीको टोलीले स्वागत गर्दै जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षका कारण हिरासतमा रहेकाहरूको मानवअधिकार हनन् भइरहेकोले सो तर्फ ध्यानाकर्षण गराइएको इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले बताउनुभयो । उहाँले अधिकारकर्मीको गुनासो सुनेर सोही कार्यक्रममा रहनु भएका लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले थुनुवा कक्ष निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । बाँकेस्थित जिल्ला प्रहरी कार्यालयमा व्यवस्थित नयाँ थुनुवा कक्ष निर्माणका लागि प्रक्रिया थालिएकोमा निकै खुसी लागेको कुरा निकै लामो समयदेखि सो का लागि वकालत गर्दै आउनु भएका एडभोकेसी फोरमका वसन्त गौतमले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...