अमेरिकामा बेरोजगारको दर बढ्यो

Published on

काठमाडौं । अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिर थपेका छन् । बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ ।

अमेरिकी श्रम विभागले यसबारेमा जानकारी गराएको हो । विभागको श्रम तथ्याङ्क ब्युरोअनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता र यातायात र भण्डारणमा रोजगारी प्राप्त भएको छ । कुल गैर–फार्म पेरोल रोजगारी अप्रिलमा १ लाख ७५ हजारले बढेको छ । जुन अघिल्लो १२ महिनामा २ लाख ४२ हजारको औसत मासिक लाभभन्दा कम छ । फेब्रुअरीमा, बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुगेको छ । जुन दुई वर्षको उच्चतम स्तर हो । मार्चमा ३.८ प्रतिशत थियो ।

ब्युरोले अगस्ट २०२३ देखि बेरोजगारी दर ३.७ प्रतिशतदेखि ३.९ प्रतिशतको साँघुरो दायरामा रहेको उल्लेख गरेको छ ।

सिन्ह्वाको सहयोगमा

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...