ललितपुरको बाफलमा आगलागी, पाँच घाइते

Published on

काठमाडौं । ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले आज बिहान बाफलस्थित मोबिल सङ्कलन गरी राखिएको एक टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका जानकारी दिनुभयो । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । आगलागीबाट रौतहट जिल्ला घर भई हाल बाफल बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत उहाँका तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते हुनुभएको छ ।

अहिले आगलागी नियन्त्रणमा आइसकेको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो । रासस

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...