सीमानाका ७२ घण्टाका लागि बन्द

Published on

काठमाडौं । भारत बिहार राज्यको सुपौल जिल्लास्थित हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि नेपाल र भारतको सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।

नेपाली अधिकारीलाई यसअघि भएको बैठकमा भारतीय पक्षको आग्रहमा नेपाली सीमानाका बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारीगरी आइतबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि सीमानाका बन्द गरेको जनाएको छ । सुनसरी जिल्लासँग जोडिएका सीमानाका कोशी गाउँपालिकाको कोशी ब्यारेज, भण्टाबारी, लाही, कुम्याही, लौकही, श्रीपुर, हरिनगर गाउँपालिकाको घुस्की, वसन्तपुर, भोक्राहा नरसिंहको उल्टी, नरसिंह, देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज, साहेबगञ्जलगायत नाका बन्द गरिएको हो ।

नेपाली सीमानाकासँग जोडिएको भारतमा वैशाख २५ गते लोकसभा निर्वाचन हुने भएकाले बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवत–जावत निषेध गरिएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले दिनुभएको जानकारीअनुसार आइतबार साँझ ६ बजे बन्द भएका ती नाकाहरु वैशाख २५ गते राति १२ बजेपछि मात्र खुल्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार भारतको सुपौल जिल्ला र सुनसरी जिल्लासँग सीमा जोडिएकाले बन्द अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारी साधनको आवत–जावत बन्द गरिएको छ । उहाँले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिनुभयो । खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सीमानाका बन्द गर्ने बिगतदेखिकै प्रचलन रहेको छ । नेपालमा चुनाव हुँदासमेत भारतीय पक्षले उसको सीमा नाका बन्द गर्नेगरेको छ । चुनावलक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...