अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार

Published on

काठमाडौं । अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ ।

राष्ट्रिय मौसम सेवाले सामाजिक सञ्जालमा अर्को चरणको भारी वर्षाको सम्भावना शनिबार ढिलो वा आइतबारसम्म हुने जनाएको छ । ह्युस्टनबाट ३० माइल (५० किलोमिटर) उत्तरपूर्वमा रहेको स्प्लेन्डोरा शहर नजिकै गत पाँच दिनमा २१ इञ्च ९५३ सेन्टिमिटर० भन्दा बढी पानी परेको मौसम सेवाले जनाएको छ । ह्यारिस काउन्टीका न्यायाधीश लिना हिडाल्गोले एक पत्रकार सम्मेलनमा काउन्टीका विभिन्न क्षेत्रबाट झण्डै एक सय ८० जना मानिस र एक सय २२ जना घरपालुवा जनावरको उद्धार गरिएको बताउनुभयो । स्थानीय मिडियाले पोल्क काउन्टीमा एक सय जनाभन्दा बढी र मोन्टगोमेरी काउन्टीमा चार सयभन्दा बढीको उद्धार गरेको बताएका छन् ।

हिडाल्गोले बिहीबार सान ज्याकिन्टो नदीको पूर्वी फोर्कमा रहेको ह्युस्टन क्षेत्रका बस्तीलाई अनिवार्य खाली गर्न आदेश दिनु भएको छ र त्यहाँका बासिन्दालाई सकेसम्म चाँडो आफ्नो घर छोड्न आग्रह गरिएको थियो । ह्युस्टन शहरका अधिकारीले शनिबार यस क्षेत्रमा करिब एक हप्तामा करिब चार महिना बराबरको वर्षा भएको जनाएका छन् । तथापि, यहाँ हालसम्म कसैको मृत्यु वा घाइतेको खबर आएको छैन । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...