सुरु भयो पेट्रोलियम अन्वेषणात्मक ‘बेल ड्रिलिङ’

Published on

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खनन्का लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसँगै अन्बेषणात्मक (बेल) कार्यको उद्घाटन गरिएको छ ।

आइतबार सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी पेट्रोलियम पदार्थको अन्बेषणात्मक (बेल) ड्रिलिङ कार्यको उद्घाटन गर्नुभएको हो । पेट्रोलियम पदार्थको अन्बेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन भएमा मुलुक आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने बताउनुभयो । उहाँले देशमा भएका थुप्रै खानीहरूको अध्ययन अनुसन्धान गरी उत्खनन गर्न नेपाल सरकार लागिरहेको बताउनुभयो । उहाँले दैलेखमा पेट्रोलियम पदार्थ भएको पुष्टि भएमा देशलाई आर्थिक रूपमा ठुलो टेवा पुग्ने र पेट्रोलियम पदार्थको आयात होइन निर्यात गर्ने मुलुकका रूपमा नेपाल चिनिने बताउनुभयो । तत्कालीन समयमा भारतले लगाएको नाकाबन्दीका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गर्नुभएको परियोजनाले सार्थकताउन्मुख भएको छ, अब छिट्टै परियोजनाले मुख्य ड्रिलिङको काम सक्नेबित्तिकै पेट्रोलियम पदार्थको परिणाम पत्ता लाग्ने र थप अन्वेषण तथा उत्खननका कामहरू हुने मन्त्री भण्डारीको भनाइ छ । खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले पेट्रोलियम पदार्थको उत्खननको अन्तिम अन्वेषण तथा उत्खननको मुख्य ड्रिलिङका लागि आवश्यक उपकरण जडान गरिसकेपछि मुख्य ड्रिलिङको काम सुरु भएको जानकारी दिनुभयो ।

उहाँले मुख्य ड्रिलिङको काम सुरु भएको चार महिनाभित्र सम्पन्न गरिसक्ने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म १७५ वटा ट्रकहरू दैलेख पुगेको छ । अझै बाँकी रहेको उपकरणहरू ल्याउने काम भइरहेको छ । चीनको केरुङ नाकाबाट अन्य उपकरण ल्याउने तयारी गरिरहेको परियोजनाका प्रतिनिधिले जनाउनुभएको छ । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपालबिच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनीबिच अन्वेषण र उत्खनन् गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भेगरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो । नेपालमा देखिएको कोरानाका कारण एक वर्ष धकिलिएको काम कोरोना नियन्त्रण भएपछि सुरु गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...