कर्णाली सरकार : कांग्रेसको सहभागिता अझै अनिश्चित

Published on

काठमाडौं । कर्णाली प्रदेश सरकारले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिए पनि कांग्रेसको सहभागिताबारे टुङ्गो लागिसकेको छैन । प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिने विषयमा अझ केही समय लाग्ने बताउनुभयो । नयाँ गठबन्धन दल कांग्रेस आन्तरिक छलफलमा रहेकाले सरकार गठनमा केही समय लाग्ने भएको उहाँले जानकारी दिनुभयो । कँडेलले आफू भने जतिसक्दो चाँडो सरकार गठन गर्ने पक्षमा रहेको बताउनुभयो । कांग्रेसका अधिकांश प्रदेशसभा सदस्यहरु यतिबेला काठमाडौंमा हुनुहुन्छ । उहाँहरू पनि केन्द्रीय नेतृत्वको निर्देशन कुरेर बस्नुभएको छ ।

अहिले सरकारमा एमालेका मात्र मन्त्री छन् । मुख्यमन्त्री कँडेलसहित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री गमता विक मात्र रहनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै कँडेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालाय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको समेत जिम्मेवारी लिनुभएको छ । राजनीतिक समीकरण बदलिएपछि माओवादी केन्द्रले केही दिनअघि मात्र समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । अब सरकारको नेतृत्व गरिरहेको एमाले र कांग्रेससहितको गठबन्धन सरकार बन्नेछ । तर कांग्रेसको सरकारमा सहभागिताको विषय टुँगो लाग्न बाँकी छ ।

मुख्यमन्त्री कँडेलले एमाले–कांग्रेस सत्ता साझेदारी नयाँ तरिकाले अघि बढाइने बताउनुभयो । नयाँ स्तरबाट सरकार गठन हुने उहाँको भनाइ छ । सत्ता समीकरण फेरबदलले सकारको कार्यसम्पादनमा समेत असर परिरहेको छ । बजेट कार्यान्वयनको यो सुरुवाती चरणमै मन्त्रालय विभागीय मन्त्रीविहीन अवस्थामा छन् । अर्कोतर्फ प्रदेश योजना आयोगसमेत यसको प्रत्यक्ष प्रभावमा परेको छ । मुख्यमन्त्री कँडेलले प्रदेश योजना आयोग गठनमा सत्ता फेरबदलले असर पारेको बताउनुभयो । उहाँले आयोग पदाधिकारीविहीन हुँदा प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माण अन्योलमा रहेको जानकारी दिनुभयो । मुख्यमन्त्री कँडेलले आफ्नो सुरुवाती एकसय दिनको अवधिमा अपेक्षित गति दिन नसके पनि निराशाजनक अवस्था भने नरहेको जिकिर गर्नुभयो । आफू मुख्यमन्त्री भएयता मन्त्रिपरिषद्ले २३ वटा मन्त्रिपरिषद्को बैठकबाट महत्वपूर्र्ण निर्णय गरेको उहाँको भनाइ छ । उहाँले कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन, चिसापानी–वीरेन्द्रनगर ३३ केभीए विद्युत लाइनमा भएको विवाद समाधान गर्नेसम्मका काम गरेको बताउनुभयो ।

कँडेल गत चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका कँडेलले एकसय दिन बिताउँदा–नबिताउँदै सत्ता गठबन्धन फेरिएको छ । अहिले एमाले र नेपाली कांग्रेससहितको गठबन्धन बनेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...