आँधीखोलामा बेपत्ता बिद्यार्थी मृत भेटिए

Published on

काठमाडौं । स्याङ्जाको आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।

वालिङ बहुमुखी क्याम्पसमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत हरिनासका शिव पोख्रेल वालिङ नगरपालिका –१३ र गल्याङ नगरपालिका –८ को सिमाना आँधीखोला किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । हरिनास गाँउपालिका –५ वसन्त डाँडाका पोख्रेल वालिङ ८ विपिचोकमा डेरागरी बस्दै आउनुभएको थियो । पोख्रेल शुक्रबार वालिङ नगरपालिका –११ अमलेस्थित आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता हुनु भएको थियो । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...