सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना

Published on

काठमाडौं । नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका अवसरमा यहाँ सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना गरियो । गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित सो कार्यक्रममा विश्वमा ख्याती कमाएका ३० जना कोरियाली कलाकारले विशेष प्रस्तुति दिएका थिए । साराङहेयोको नेपाली अर्थ ‘मायाँ गर्छु’ हो ।

सो अवसरमा कोरियाका कलाकारहरु के टाईगर्सको तेक्वान्दो नृत्य समाबेस भएको कला, ग्याम्बल्जक्र्युको बि बोई नृत्य तथा नेपाली कलाकार स्ट्रउक्पपको सङ्गीतबाट दर्शकहरुलाई भरपूर मनोरञ्जन पाएका थिए । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्णजयन्तीको सम्मान गर्दै विगतदेखि कोरिया सरकाले नेपालप्रति देखाएको भाइचारा सम्बन्धलाई भविष्यमा पनि थप गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले दुई देशबिचको कूटनीतिक सम्बन्धको ५० वर्षमा विकसित सम्बन्धलाई आगामी दिनमा पनि अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै नेपाललाई माया गर्छु, कोरियालाई माया गर्छु र हामी साथै जाउँ भन्ने उद्घोष गर्नुभयो ।

कोरिया सरकारले विगतदेखि नै नेपालका विभिन्न क्षेत्रमा सहयोग तथा साझेदारी गर्दै आएको छ । सन् १९७४ मे १५ तारिखका दिन नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । स्वर्णजयन्तीका अवसरमा सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना भइरहेको दूतावासले जनाएको छ । रासस

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...