गुरुङद्वारा एक महिनाको तलव अग्निपीडितलाई

Published on

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले एक महिनाको तलव अग्नि प्रभावित परिवारलाई प्रदान गर्नुभएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका –१ को मैदान र बीरडाँडाका अग्निपीडित पाँच घरपरिवारलाई आफ्नो तलबबाट आर्थिक सहयोग गर्नुभएको हो । उपसभापति गुरुङले प्रतिपरिवार १० हजारका दरले आर्थिक सहयोग गर्नु भएको हो । आगलागीका कारण घरबारविहीन भएका नागरिकको घरमा पुग्नु भएका संघीय सांसद गुरुङले तत्कालका लागि भन्दै नगद प्रदान गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “अग्नी प्रभावितका लागि पहिलो चरणमा आफूले पाउने मासिक पारिश्रमिकबाट सानो रकम सहयोग गरेको हुँ ।” अग्नि प्रभावित मैदान र बीरडाँडाका पाँचघर आगोका कारण पूर्णरुपमा क्षति भएको थाहा पाएपछि नागरिकलाई सान्त्वना प्रदान गर्न र आगामी योजना बनाउने उद्देश्यसहित प्रभावित गाउँको स्थलगत अवलोकन गरेको उपसभापति गुरुङको भनाइ छ । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...