मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा आगलागी बढ्यो

Published on

काठमाडौं । मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना भएको सोमबार सार्वजनिक एक सरकारी प्रतिवेदनले जनाएको छ । आगलागीको यो घटना गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा ३।८ प्रतिशतले बढी हो ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायका अनुसार, कम्तीमा पाँच लाख ४९ हजार १३ हेक्टर जङ्गल र घाँसे मैदान जङ्गली डढेलोबाट जलेको छ । मानवीय लापरबाही नै डढेलोको मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ । देशका अधिकांश क्षेत्रमा सुख्खा मौसमका कारण जङ्गल र मैदानमा आगलागीको उच्च जोखिम रहेको भन्दै सर्वसाधारणलाई खुला ठाउँमा आगो नबाल्न वा भूइँमा चुरोटका ठुटा नफाल्न चेतावनी दिएको छ । मङ्गोलियामा कठोर जलवायु विविधता रहेको छ र यहाँ सामान्यतया वसन्त ऋतुको समयमा सुख्खा र हावाहुरी चल्छ । रासस\सिन्ह्वा

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...