हेल्थ डेस्कबाट पाँच हजार बढीले लिए सेवा

Published on

काठमाडौं । १२ वर्षमा एक पटक लाग्ने पिण्डेश्वर पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसँगै दर्शनार्थी तथा तिर्थालु भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर एक महिने निःशुल्क हेल्थ डेस्कबाट ५ हजार बढीले स्वास्थ्य सेवा लिएको छ ।

महाकुम्भ मेला सुरु भएसँगै गत चैत २७ गतेबाट नेपाली कांग्रेस, क्षेत्र नं। १ सुनसरीले धरानको पिण्डेश्वर वावाधाम परिसरमा सञ्चालन गरेको निःशुल्क हेल्थ डेस्कबाट हालसम्म सेवा लिने तिर्थालु भक्तजनहरुको संख्या पाँच हजार १३ पुगेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो । महाकुम्भ दर्शन गर्न आएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिह के।सी। ले समेत हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनुभएको छ । सुनसरी १ नं। क्षेत्रीय कार्यसमितिले अत्यन्तै उच्चस्तरको मानवीय सेवाको कार्य गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

यसरी टाढाटाढा आएका तिर्थालु भक्तजनहरुलाई स्वास्थ्य सेवा प्रवाह गरेर कांग्रेसका साथीहरुले अत्यन्त पून्यको कार्य गरेको पूर्व मन्त्री के।सी।ले बताउनुभयो । नेपाल टेलिभिजनका पूर्व समाचार निर्देशक तथा समाचार वाचक मनोहरी थापाले हेल्थ डेस्कमा आई स्वास्थ्य सेवा लिने क्रममा निःशूल्क स्वास्थ्य सेवा दिने नेपाली कांग्रेस र निःशुल्क पिउने पानी उपलब्ध गराउने नेवार एकता समाजलाई धन्यवाद दिँदै पिण्डेश्वर महाकुम्भ मेलाको समग्र व्यवस्थापन राम्रो भएतापनि पार्किङ र सरसफाईमा कम्जोरी देखिएको बताउनुभयो । हेल्थ डेस्कमा प्रेसर र सुगर जाँच हुनका साथै आवश्यकतानुसार ग्याष्ट्रिकको औषधी, उल्टी रोक्ने औषधी, टाउको दुखाई कम गर्ने औषधी, जीवन जल आदि औषधीहरु वितरण गर्ने, स्वास्थ्य सम्बन्धि जनचेतानमूलक पर्चा वितरण गर्ने तथा चोटपटक लागेमा डे«सिङको समेत व्यवस्था गरिएको छ ।

स्वास्थ्य सेवा लिन आउने दर्शनार्थीहरुको प्रेसर र सुगर परीक्षण गरिनुका साथै आवश्यकतानुसार प्यानटप, आर–टिन, सिटामोल, जीवनजल, एभोमिन लगायतका औषधीहरु सेवन गर्न दिनु परेको नेपाली कांग्रेस क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताउनुभयो । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं। १, सुनसरीको आयोजनामा र कांग्रेसको क्षेत्रीय स्वास्थ्य विभागको संयोजनमा तथा नेपाली कांग्रेस प्रदेशसभा १९१०, १९२०, धरान नगर, १४ नं। वडा र नेपाल महिला संघको क्षेत्र, प्रदेशसभा १९१०, १९२०, धरान नगर कार्यसमितिको व्यवस्थापकीय सहयोगमा, पिण्डेश्वर वावाधाम व्यवस्थापन समिति, सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स र अमर पोलिक्लिनिक धरान–१८ को सहयोगमा एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको हो । हेल्थ डेस्क महाकुम्भ अवधिभर वैशाख २८ गतेसम्म रहने बताइएको छ । हेल्थ डेस्कमा वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानधरान, नेपाल परिवार नियोजन संघ, विजयपुर अस्पताल, रोट्रयाक वीपीकेआईएचएस लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा दिने गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ।...

गल्कोट घुम्टे सहकारीको नयाँ सञ्चालक समिति निर्विरोध चयन, वित्तीय अवस्था सार्वजनिक

काठमाडौं – काठमाडौंको शंखमूल, नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको...

गल्कोट घुम्टे सहकारीद्वारा उपहार खबरका सञ्चालक तथा प्रधान सम्पादक रामदत्त मिश्र सम्मानित

काठमाडौं – गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उपहार खबरका सञ्चालक तथा प्रधान सम्पादकलाई...

प्रधानमन्त्री बालेन आज भारतको राजकीय भ्रमणमा जाँदै, ३४ सदस्यीय टोलीको नेतृत्व गर्ने

काठमाडौं -प्रधानमन्त्री बालेन शाह आज भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ ३४ सदस्यीय...