भीमनारायण कपमा एपिएफको विजयी सुरुवात

Published on

काठमाडौं । विभागीय टोली एपिएफ क्लबलले १६औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सोमबार बिहान भएको खेलमा एपिएफले मोरङ्गको चारतारे युथ क्लबलाई १–० गोलले हरायो । आइतबार वर्षाले गर्दा खेल मैदान जलमग्न भएपछि रोकिएर सोमबार भएको हो । एपिएफको जितमा बुद्धिमान राईले खेल सुरु भएको पहिलो मिनेटमै गरेको गोल निर्णायक बन्यो । एपिएफका सुमन श्रेष्ठ म्यान अफ दि म्याच हुनुभयो । प्रतियोगिताको दोस्रो खेल सोमबार दिउँसो विभागिय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता विर्तामोड युनाइटेड क्लब झापाबिच हुनेछ । जेठ २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...