अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो

Published on

काठमाडौं । अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तीमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्यूजले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजारभन्दा बढी गाईवस्तुको मरेका छन् । टोलो न्यूजका अनुसार विगत तीन दिनमा वर्षाका कारण लगभग १४ जना नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बाढीले आवासीय घरहरु पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यसैबिच, सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडकहरू भूस्खलन र बाढीका कारण अस्थायी रूपमा अवरुद्ध भएको बताउनु भएको छ । । “बाढी र भूस्खलनका कारण अस्थायी रूपमा बन्द गरिएका तखर, बदख्सान, घोर र नुरिस्तान प्रान्तका धेरैवटा सडकहरु खुलाउने काम भइरहेको छ,” उहाँले बताउनुभयो । निरन्तरको भारी वर्षाको कारण स्थानीयबासीको धेरै नोक्सानी भएको छ । बाढीमा परेर बालबालिकाको मृत्यु भएको, जमिन र पुलहरू नष्ट भएको फराह प्रान्तका एक बासिन्दाले जनाउनुभयो । बाढीबाट भएको जनधनको क्षतिलाई तत्काल सम्बोधन गर्न सरकारसमक्ष स्थानीयवासीले आग्रह गरेका छन् । रासस\एएनआई

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...