हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिमाथि कडाइ

Published on

काठमाडौं । विभिन्न अभियोगमा पक्राउ परेका व्यक्ति प्रहरीको हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई सरकारले कडाइ गर्ने भएको छ ।

स्वास्थ्यलाई बहाना बनाउने प्रवृत्ति बढेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसबारे चासो लिएर छलफल सुरु गर्नुभएको थियो । प्रहरीले अनुसन्धान र अभियोजनका लागि पक्राउ गरेको आरोपितले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिमाथि कडाइ गर्न गृह मन्त्रालयले सोमबार तीनबुँदे निर्णय गरेको छ । गृह मन्त्रालयले यस्तो प्रवृत्तिलाई न्यूनीकरण गर्ने उद्देश्यले सो निर्णय गरेको हो । गृहमन्त्रीस्तरीय निर्णय अनुसार शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घरोग नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र आरोपितलाई चिकित्सकले अस्पताल भर्ना गराउन सिफारिस गर्नुपर्ने छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...