मकै खेती विस्तार गर्न किसानलाई प्रोत्साहन

Published on

काठमाडौं । लागत मूल्य नउठेर जमिन बाँझो राख्ने क्रम बढेपछि तनहुँमा मकै खेती गर्ने किसान प्रोत्साहन गर्न थालिएको छ । यसको लागि भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । यहाँ उत्पादनको हिसाबले मुख्य बालीका रुपमा रहेको मकैबाली विस्तार गर्न कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार चालु आर्थिक वर्षमा यस कार्यक्रमको लागि रु ३६ लाख रुपियाँ लगानी गरिने भएको छ । तीन हजार छ सय ५० रोपनी क्षेत्रफलमा यो कार्यक्रम समावेश गरिएको छ । व्यावसायिक रुपमा मकै बीउ तथा मकै बाली उत्पादनका लागि किसानलाई अनुदानस्वरुप सो रकम वितरण गरिने छ । कार्यक्रम अन्तर्गत कृषकलाई ७५ देखि ८५ प्रतिशत सम्म अनुदानको व्यवस्था गरिएको छ । बीउमा ७५ प्रतिशत, सिँचाइलगायत पूर्वाधार निर्माणमा ८५ प्रतिशत, यान्त्रिकीकरणतर्फ बढीमा ७५ प्रतिशत अनुदान किसानलाई वितरण गरिने भएको छ । किसानले वडा कार्यालय वा कृषि शाखाको सिफारिस, जग्गाको लालपुर्जा वा करार सम्झौताको प्रतिलिपि, कृषक समूह, सहकारी वा साझेदारी फर्म दर्ता प्रमाणपत्र, पान वा भ्याटको प्रतिलिपि र करचुक्ता प्रमाणपत्र बुझाउनुपर्ने केन्द्रले जनाएको छ । यहाँका उत्पादन गरेको भन्दा भारतबाट सस्तोमा आउने हुँदा किसानले जमिन बाँझो राख्ने क्रम बढकोले किसानलाई प्रोत्सान गर्न अनुदानको व्यवस्था गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपालप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

तनहुँमा १४ हजार १४० हेक्टर जमिनमा मकै खेती हुने केन्द्रले जनाएको छ । व्यास नगरपालिका–६ शिसाघाट स्थित न्यू अभियान कृषि उत्पादक कृषि सहकारीका अध्यक्ष निजावदिन मियाले लागत मूल्य घट्ने भएको सहकारी यो कार्यक्रम आवद्ध भई मकै छरेको जानकारी दिनुभयो । मियाले भन्नुभयो, खेतबारीमा काम गर्दा लाउनखान मूश्किल हुने भएकोले युवाको रोजाई बिदेश भएको छ यस्ता प्रोत्साहन कार्यक्रम अन्य बालीमा पनि ल्याउन आवश्यक छ । गोरखापत्र

ताजा समाचार

दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना

काठमाडौं । तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप...

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...