चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ र गैँडा मृत फेला

Published on

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र मङ्गलबार बाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ र पश्चिमी क्षेत्रमा पर्ने अमलटारीको लामिचौरस्थित हरियो घोलमा मृत भेटिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका पशु चिकित्सक डा। विजय श्रेष्ठका अनुसार भाले गैँडा मृत अवस्थामा भेटिएको छ । यसको खाग खुर सुरक्षित भेटिएको पनि उहाँले जानकारी दिनुभयो । अहिले घटनास्थलमा पशुचिकित्सकसहित टोली जाँदै छ । यस्तै, बाघ मरेको क्षेत्रमा पनि निकुञ्जका चिकित्सकसहितको टोली पुगेको छैन । त्यहाँबाट थप विवरण आउन बाँकी छ । बाघ र गैँडाको मृत्युका कारण खुल्न सकेको छैन । निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारी दुबै घटनामा अनुसन्धान भइरहेको बताउनुभयो । घटनास्थलमा चिकित्सकसहितका कर्मचारी खटाइएको र थप विवरण आउन बाँकी रहेको पनि उहाँले जनाउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...