चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ र गैँडा मृत फेला

Published on

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र मङ्गलबार बाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ र पश्चिमी क्षेत्रमा पर्ने अमलटारीको लामिचौरस्थित हरियो घोलमा मृत भेटिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका पशु चिकित्सक डा। विजय श्रेष्ठका अनुसार भाले गैँडा मृत अवस्थामा भेटिएको छ । यसको खाग खुर सुरक्षित भेटिएको पनि उहाँले जानकारी दिनुभयो । अहिले घटनास्थलमा पशुचिकित्सकसहित टोली जाँदै छ । यस्तै, बाघ मरेको क्षेत्रमा पनि निकुञ्जका चिकित्सकसहितको टोली पुगेको छैन । त्यहाँबाट थप विवरण आउन बाँकी छ । बाघ र गैँडाको मृत्युका कारण खुल्न सकेको छैन । निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारी दुबै घटनामा अनुसन्धान भइरहेको बताउनुभयो । घटनास्थलमा चिकित्सकसहितका कर्मचारी खटाइएको र थप विवरण आउन बाँकी रहेको पनि उहाँले जनाउनुभयो । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...