दुर्गमको विद्यालयमा बस सेवा

Published on

काठमाडौं । दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–२ को महादेव माध्यामिक विद्यालयले टाढाका विद्यार्थी ओसार्नका लागि बस सेवा सञ्चालनमा ल्याएको छ । भारतीय दुतावासद्वारा गाउँपालिकालाई सहयोग स्वरुप उपलब्ध भएको उक्त बस गाउँपालिकाले विद्यालयलाई प्रदान गरेपछि विद्यालयले त्यसलाई सञ्चालनमा ल्याएको हो ।

बस सेवा सञ्चालनमा आएपछि विद्यार्थीहरुले पहिलो पटक घरबाट विद्यालय जान बस चढ्न पाएको विद्यालयका खेला प्रमुख गिर्बाण बिक्रम शाहीले बताउनुभयो । विद्यालयबाट बस वडा नम्बर १ का तीन वटा बस्तीहरु रिमी, बोहराबाडा र भण्डारीबाडा गएर विद्यार्थी ओसार्ने कार्य सुरु भएको उहाँले बताउनुभयो । साना ठुला गरि ती तीन वटा गाउँबाट ८४ जना विद्यार्थीहरुलाई बसले ओसार्ने गरेको छ । सडक सञ्जाल जोडिएका ती गाउँबाट १५ मिनेटमा बसले विद्यालय पुर्याउँछ । जब कि पैदल हिँड्नु परे विद्यार्थीहरुले एक देखि दुई घण्टा हिँड्नु पथ्र्यो । उहाँले बस सेवा सञ्चालन भएसँगै अब विद्यार्थीहरुले पैदल हिँड्नु पर्ने बाध्यता हटेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले पहिलो दिन वडा नम्बर १ का विद्यार्थीहरुलाई बसले ओसार्न सुरु गरेको बताउनुभयो । जिल्ला मै पहिलो पटक बस चढेर विद्यालय आउन पाउने विद्यार्थी उक्त विद्यालयका भएका छन् । उहाँले अब बस चढे वापत विद्यार्थीहरुका अभिभावकले मासिक २५० रुपियाँ भाडा तिर्नु पर्नेछ । यो भाडा पनि अभिभावकलाई केही जिम्मेवार बनाउनका लागि लिने गरिएको उहाँले बताउनुभयो ।

बसको चालक र सहचालकको पारिश्रमिक गाउँपालिकाले ब्यहोर्ने छ । अन्य इन्धन, मर्मत खर्च भने वडा कार्यालय र विद्यार्थीहरुबाट उठाएको भाडाबाट ब्यहोरिने छ । विद्यालयले विद्यार्धी ओसार्ने कार्य बिस्तारै अन्य वडाबाट पनि सुरु गर्ने उहाँले बताउनुभयो । उहाँले अहिले सुरुवात गरिएको अब बिस्तारै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क सेवा प्रदान गर्ने ब्यवस्था गरिने बताउनुभयो । गत बैशाख २ गते भारतयि दुतावासले बस चङ्खेली गाउँपालिकालाई सहयोग गरेको थियो । काठमाडौंबाट गाउँपालिका पुगेको उक्त बस वैशाख १६ गते गाउँपालिकाले विद्यालयलाई हस्तान्तरण गरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...