चीनद्वारा खाद्यान्न सहयोग

Published on

काठमाडौं । छिमेकी राष्ट्र चीनले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई खाद्यान्न र सोलार सहयोग गरेको छ । चीनले सीमा जोडिएको जिल्लाका स्थानीय तहलाई उपलब्ध गराउने सहयोग अन्तर्गत सो सहयोग गरेको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले चीन सरकारले गाउँपालिकाका लागि खाद्यान्न र सोलार सहयोग गरेको बताउनुभयो । उहाँले चीनद्वारा सिमा जोडिएका जिल्लाका स्थानीय तहलाई गर्ने सहयोग अन्तर्गत यो सहयोग उपलब्ध भएको जानकारी दिनुभयो । उहाँले चीनले हिल्सामा उपलब्ध गराएको खाद्यान्न र सोलारलाई गाउँपालिकाले सबै वडामा वितरण गरेको बताउनुभयो ।

चीनबाट प्राप्त खाद्यान्न सहयोगमा २५ केजीका एक हजार बोरा चामल, २५ केजीकै एक हजार बोरा मैदा, २५ केजीकै एक हजार बोरा चिनी, १० केजीको एक हजार प्याकेट नुन र २५० कार्टुन तेल रहेको छ । प्राप्त खाद्यान्न वडा नं। १ देखि ५ का स्थानीय बासिन्दालाई एकरएक बोरा चामल, मैदा, चिनी, १० केजी नुन र पाँच लिटर तेल वितरण गरिएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका लागि वडाध्यक्षको जिम्मा लगाइएको र लिमी जाने बाटो खुलेपछि वितरण गरिने छ । उक्त गाउँपालिकाभरि ९३८ घरधुरी छन् । त्यसै गरी पाँच केजीको सोलार दुई स्थान र दुई केभीको सोलार ४० स्थानका लागि उपलब्ध भएको उहाँले बताउनुभयो । चीन सरकारले खाद्यान्न तथा सोलार सहयोग गरेकोमा उहाँले गाउँपालिकाका तर्फबाट धन्यवादसमेत दिनुभयो । लामो समय खाद्यान्न वितरण हुन नसकेको नाम्खा गाउँपालिकाका बासिन्दालाई यो सहयोगले राहत पुगेको छ । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...