चीनद्वारा खाद्यान्न सहयोग

Published on

काठमाडौं । छिमेकी राष्ट्र चीनले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई खाद्यान्न र सोलार सहयोग गरेको छ । चीनले सीमा जोडिएको जिल्लाका स्थानीय तहलाई उपलब्ध गराउने सहयोग अन्तर्गत सो सहयोग गरेको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले चीन सरकारले गाउँपालिकाका लागि खाद्यान्न र सोलार सहयोग गरेको बताउनुभयो । उहाँले चीनद्वारा सिमा जोडिएका जिल्लाका स्थानीय तहलाई गर्ने सहयोग अन्तर्गत यो सहयोग उपलब्ध भएको जानकारी दिनुभयो । उहाँले चीनले हिल्सामा उपलब्ध गराएको खाद्यान्न र सोलारलाई गाउँपालिकाले सबै वडामा वितरण गरेको बताउनुभयो ।

चीनबाट प्राप्त खाद्यान्न सहयोगमा २५ केजीका एक हजार बोरा चामल, २५ केजीकै एक हजार बोरा मैदा, २५ केजीकै एक हजार बोरा चिनी, १० केजीको एक हजार प्याकेट नुन र २५० कार्टुन तेल रहेको छ । प्राप्त खाद्यान्न वडा नं। १ देखि ५ का स्थानीय बासिन्दालाई एकरएक बोरा चामल, मैदा, चिनी, १० केजी नुन र पाँच लिटर तेल वितरण गरिएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका लागि वडाध्यक्षको जिम्मा लगाइएको र लिमी जाने बाटो खुलेपछि वितरण गरिने छ । उक्त गाउँपालिकाभरि ९३८ घरधुरी छन् । त्यसै गरी पाँच केजीको सोलार दुई स्थान र दुई केभीको सोलार ४० स्थानका लागि उपलब्ध भएको उहाँले बताउनुभयो । चीन सरकारले खाद्यान्न तथा सोलार सहयोग गरेकोमा उहाँले गाउँपालिकाका तर्फबाट धन्यवादसमेत दिनुभयो । लामो समय खाद्यान्न वितरण हुन नसकेको नाम्खा गाउँपालिकाका बासिन्दालाई यो सहयोगले राहत पुगेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...