बिस्कुनले सडक अवरुद्ध, दुर्घटनाको जोखिम अधिक

Published on

काठमाडौं । रौतहटको ग्रामीण भेगका ढलान तथा कालोपत्रे सडकमा अन्नबाली सुकाउन थालेपछि सडक अवरुद्ध भइ दुर्घटनाको जोखिम बढेको छ । बुधबार दिउँसो घाम लागेको बेला ढलान तथा कालोपत्रे सडक अधिक तातो भइ छिटो र राम्रोस्रँग बिस्कुन सुक्ने भएकाले किसानले सडक प्रयोग गरेका हुन् ।

फागुनमा लगाएका वर्ण शंकर (हाइब्रिड) मकैको उत्पादन अधिक हुने हुँदा उत्पादित मकै सुकाउन अन्यत्र ठाउँ नभएपछि किसानले बाध्य भएर सडक प्रयोग गर्नु परेको चन्द्रपुर नगरपालिकाका पूर्व प्रमुख जितेन्द्र चौधरीले बताउनुभयो । सडकमै बिस्कुन सुकाउँदा सडक अवरुद्ध हुने र जोखिमको सम्भावना उच्च हुने कुराको ज्ञान हुँदाहुँदै पनि किसानले बाध्य भएर सडक प्रयोग गरेका छन् । अधिकांश किसानले मकै सुकाउन सडक नै प्रयोग गरेको पाइन्छ । जिल्लाको उत्तरी भेगका अधिकांश किसानले मकै खेति गर्छन् । किसानले आधुनिक खेति प्रणाली अवलम्बन गरी एक कठ्ठामा कम्तिमा दुई क्विन्टल मकै उत्पादन गर्छन् । सन्तपुरका किसान खड्ग बजगाईँ भन्नुहुन्छ, “दुई बिघा जमिनमा लगाएको मकै ८० क्विन्टलभन्दा बढी उत्पादन भएकाले आँगनमा सुकाउन ठाउँ अपुग हुँदा बाध्य भएर खेत नजिकको कालोपत्रेमा सुकाउनु परेको छ ।”

चन्द्रपुर नगरपालिकाको सन्तपुर, बेतौना, मोथियाही, चन्द्रनिगाहपुर, टेकानटोल, बेल्डी, मरधरलगायतका किसानले सडकमै मकै बिस्कुन हालेको देखिन्छ । चन्द्रपुर नगरपालिका–६ मोथियाहीका किसान हरी चौधरीले भन्नुभयो, “एकैसमयमा पाकेको मकै मेशिनको प्रयोग गरी एकैपटक छोडाइन्छ अनि एकै पटक सुकाउनु पर्ने हुन्छ । स्थान अभावले गर्दा सडकको प्रयोग गर्न बाध्य हुन्छौं । सडकमा सुकेको मकै व्यापारीले सडकबाटै खरिद गर्ने भएकोले धेरै झन्झट बेहोर्नु पनि पर्दैन । रात्रीकालीन गस्तीमा निस्केका सुरक्षाकर्मी पनि सडकमा सुकाएको मकैले हैरान भएका छन् । जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले सडक नै ढाक्ने गरी बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम अधिक रहने बताउनुहुँदै त्यस प्रकारको कार्य रोक्न स्थानीय निकायले नै पहल गर्नु पर्ने धारणा व्यक्तगर्नु भयो । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...