‘मानसिक स्वास्थ्य समस्या जटिल बन्दै’

Published on

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन जुम्लामा सम्पन्न भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको सम्मेलनले जुम्ला घोषणपत्रसमेत जारी गरेको छ । घोषणापत्रमा मानसिक स्वास्थ्य समस्याका रूपमा रहेको र देशमा उपलब्ध सेवा र विशेष मानसिक स्वास्थ्य जनशक्तिको अभाव पहिचान गर्दै त्यसलाई पूरा गर्न नवप्रवर्तन र सहकार्य गर्नुपर्ने उल्लेख छ ।

सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्यको नारासहित नेपालमा पहिलो पटक जुम्लामा यो सम्मेलन भएको हो । सम्मेलन हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहकार्यमा भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। मङ्गल रावलका अनुसार सम्मेलनमा अमेरिकाबाट चार र नेपालभरिबाट दर्जनभन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाता तथा अन्य चिकित्सक, स्वास्थ्यकर्मी गरी करिब २४५ स्वास्थ्यकर्मीको सहभागिता थियो । उपकुलपति डा। रावलका अनुसार सम्मेलनमा मानसिक रोगसम्बन्धी ५० भन्दा बढी शोधपत्र प्रस्तुत गरी त्यसमा छलफल भएको छ । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...