स्वास्थ्य निर्देशनालयलाई राजधानी केन्द्रित हुन अख्तियारको निर्देशन

Published on

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरित लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले राजधानी क्षेत्र बाहिर कार्यक्रम सञ्चालन गरिरहेको छ ।

राप्ती उपत्यकामै गर्नुपर्ने कार्यक्रमहरु बुटवल लगायत बाहिरी क्षेत्रमा हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले पत्र काटेर स्वास्थ्य निर्देशनालयलाई सम्पूर्ण कार्य स्थायी राजधानी राप्ती उपत्यकामा गर्नु गराउनु भनेको हो । अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगंजको प.स. अनु–१-०८०-०८१, च.नं. २२०४३ मिति २०८० कार्तिक १४ गतेको निर्णय अनुसार कार्यान्वयन गर्नु गराउनु भनेको छ । स्वास्थ्य मन्त्रालयले २०८० पुष १ गतेको सचिवस्तर निर्णयानुसार स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश स्वास्थ्य तालिम केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई पुष २ गते पत्राचार गर्दै सम्पूर्ण कार्यक्रमहरु लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) क्षेत्रमा सञ्चालन गर्ने गराउने भनेको छ । लुम्बिनी प्रदेशको स्थायि राजधानी क्षेत्र राप्ती उपत्यकाबाट सम्पूर्ण प्रशासनिक कार्य हुँदै आएको छ । तर कतिपय विभाग, निर्देशनालय अस्थायी मुकामबाट सञ्चालन हुँदै आएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका(देउखुरी) प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवल, प्रदेश स्वास्थ्य तालिम केन्द्र रुपन्देही, प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगर बुटवलमा कार्यलय छन् ।

स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका(देउखुरी) भालुवाङबाट प्रशासनिक कार्य सञ्चालन हुँदै आएतापनि धेरै जसो कार्यक्रम राप्ती उपत्यका(देउखुरी) भन्दा बाहिर हुने गरेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा। बिनोद कुमार गिरी लगायत फोकल पर्शनहरुको घर बुटवल भएकै कारण धेरै जसो कार्यक्रमहरु बुटवलमा नै हुने गरेको स्वास्थ्य मन्त्रालयको स्रोतले बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालयको पत्र र स्वास्थ्य मन्त्रालयको निर्देशनलाई व्यवास्था गर्दै निर्देशनालयले कार्यक्रमहरु राप्ती उपत्यका भन्दा बाहिर गर्दै आएको छ । २०७९ भदौमा बुटवलमा रहेको स्वास्थ्य निर्देशनालयलाई राप्ती उपत्यका देउखुरीमा स्थान्तरण गरिएपनि राजधानी क्षेत्रमा सामान्य कार्यालय राख्ने सबै गतिविधि वुटवलबाट हुनथालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोमा निवेदन उजुरी परेको थियो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...