स्वास्थ्य निर्देशनालयलाई राजधानी केन्द्रित हुन अख्तियारको निर्देशन

Published on

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरित लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले राजधानी क्षेत्र बाहिर कार्यक्रम सञ्चालन गरिरहेको छ ।

राप्ती उपत्यकामै गर्नुपर्ने कार्यक्रमहरु बुटवल लगायत बाहिरी क्षेत्रमा हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले पत्र काटेर स्वास्थ्य निर्देशनालयलाई सम्पूर्ण कार्य स्थायी राजधानी राप्ती उपत्यकामा गर्नु गराउनु भनेको हो । अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगंजको प.स. अनु–१-०८०-०८१, च.नं. २२०४३ मिति २०८० कार्तिक १४ गतेको निर्णय अनुसार कार्यान्वयन गर्नु गराउनु भनेको छ । स्वास्थ्य मन्त्रालयले २०८० पुष १ गतेको सचिवस्तर निर्णयानुसार स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश स्वास्थ्य तालिम केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई पुष २ गते पत्राचार गर्दै सम्पूर्ण कार्यक्रमहरु लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) क्षेत्रमा सञ्चालन गर्ने गराउने भनेको छ । लुम्बिनी प्रदेशको स्थायि राजधानी क्षेत्र राप्ती उपत्यकाबाट सम्पूर्ण प्रशासनिक कार्य हुँदै आएको छ । तर कतिपय विभाग, निर्देशनालय अस्थायी मुकामबाट सञ्चालन हुँदै आएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका(देउखुरी) प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवल, प्रदेश स्वास्थ्य तालिम केन्द्र रुपन्देही, प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगर बुटवलमा कार्यलय छन् ।

स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका(देउखुरी) भालुवाङबाट प्रशासनिक कार्य सञ्चालन हुँदै आएतापनि धेरै जसो कार्यक्रम राप्ती उपत्यका(देउखुरी) भन्दा बाहिर हुने गरेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा। बिनोद कुमार गिरी लगायत फोकल पर्शनहरुको घर बुटवल भएकै कारण धेरै जसो कार्यक्रमहरु बुटवलमा नै हुने गरेको स्वास्थ्य मन्त्रालयको स्रोतले बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालयको पत्र र स्वास्थ्य मन्त्रालयको निर्देशनलाई व्यवास्था गर्दै निर्देशनालयले कार्यक्रमहरु राप्ती उपत्यका भन्दा बाहिर गर्दै आएको छ । २०७९ भदौमा बुटवलमा रहेको स्वास्थ्य निर्देशनालयलाई राप्ती उपत्यका देउखुरीमा स्थान्तरण गरिएपनि राजधानी क्षेत्रमा सामान्य कार्यालय राख्ने सबै गतिविधि वुटवलबाट हुनथालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोमा निवेदन उजुरी परेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...