विद्यार्थीलाई संस्कार सिकाउन आवश्यक

Published on

काठमाडौं । बालबालिकालाई असल संस्कार सिकाउने उद्देश्यले देववाणी संस्कृत तथा साधरण माध्यमिक विद्यालय पाल्पामा आमाको मुख हेर्ने दिनमा आमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आमाको महत्व र संंस्कारलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यालयका प्राधानाध्यापक कृष्णबहादुर थापाले असल मानव बनाउन असल संस्कारको आवश्यकता रहेको भन्दै असल शिक्षाले नै मानिसलाई खुसी राख्न मद्दत पुग्ने बताउनुभयो । थापाले पछिल्लो समयमा आफ्ना स्वार्थका लागि मात्र सोच्ने आमा बाबुप्रतिको जिम्मेवारी बोध नहुने हुदा आमा सम्मान कार्यक्रमले बच्चालाई आमाको मोह र आमाले बिताएक कठिन परिस्थिति बारेमा ज्ञान दिन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । थापाले आमाको महत्व नबुझे जीवनमा कहिल्यै सफल हुन नसक्ने भन्दै आमाको खुसीमा आफ्नो खुसी देख्ने व्यक्ति नै संसारको सफल र सुखी व्यक्ति बन्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमा अर्यालले संस्कार कुनै उमेर समूह र समयका लागि मात्र नभएर सबै र सधैँका लागि अत्यावश्यक रहेको भन्दै कार्यक्रममा सहभागी भएका आमाहरु र विद्यार्थीलाई आमा सम्मान कार्यक्रमबाट सबैले फाइदा लिनुपर्नेमा जोड दिनुभयो । अर्यालले बालबालिकाको पहिलो पाठशाला भनेकै आफ्नो घर र त्यसपछि विद्यालय भएकाले संस्कार घरबाट पनि सुरु गराउनुपर्नेमा जोड दिनुभयो । अभिभावक गीता खनालले आधुनिक शिक्षा प्रणालीले कुनै पनि व्यक्तिलाई पेशागत सफलतामा पुर्‍याए पनि सुसंस्कार सिकाउन नसक्दा मानवीय मूल्य–मान्यताहरु नै सङ्कटग्रस्त बन्दै गएकोमा यसरी कार्यक्रम राखिनु सकारात्मक भएको बताउनुभयो । सहभागी अभिभावकले आफ्ना छोराछोरीलाई सानै उमेरदेखि असल संस्कार दिलाउन आवश्यक रहेको र त्यसका लागि संस्कार विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र यस्ता संस्कारि ज्ञानले हृदयलाइ प्रशिक्षित गर्ने बताएका थिए । गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...