विद्यार्थीलाई संस्कार सिकाउन आवश्यक

Published on

काठमाडौं । बालबालिकालाई असल संस्कार सिकाउने उद्देश्यले देववाणी संस्कृत तथा साधरण माध्यमिक विद्यालय पाल्पामा आमाको मुख हेर्ने दिनमा आमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आमाको महत्व र संंस्कारलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यालयका प्राधानाध्यापक कृष्णबहादुर थापाले असल मानव बनाउन असल संस्कारको आवश्यकता रहेको भन्दै असल शिक्षाले नै मानिसलाई खुसी राख्न मद्दत पुग्ने बताउनुभयो । थापाले पछिल्लो समयमा आफ्ना स्वार्थका लागि मात्र सोच्ने आमा बाबुप्रतिको जिम्मेवारी बोध नहुने हुदा आमा सम्मान कार्यक्रमले बच्चालाई आमाको मोह र आमाले बिताएक कठिन परिस्थिति बारेमा ज्ञान दिन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । थापाले आमाको महत्व नबुझे जीवनमा कहिल्यै सफल हुन नसक्ने भन्दै आमाको खुसीमा आफ्नो खुसी देख्ने व्यक्ति नै संसारको सफल र सुखी व्यक्ति बन्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमा अर्यालले संस्कार कुनै उमेर समूह र समयका लागि मात्र नभएर सबै र सधैँका लागि अत्यावश्यक रहेको भन्दै कार्यक्रममा सहभागी भएका आमाहरु र विद्यार्थीलाई आमा सम्मान कार्यक्रमबाट सबैले फाइदा लिनुपर्नेमा जोड दिनुभयो । अर्यालले बालबालिकाको पहिलो पाठशाला भनेकै आफ्नो घर र त्यसपछि विद्यालय भएकाले संस्कार घरबाट पनि सुरु गराउनुपर्नेमा जोड दिनुभयो । अभिभावक गीता खनालले आधुनिक शिक्षा प्रणालीले कुनै पनि व्यक्तिलाई पेशागत सफलतामा पुर्‍याए पनि सुसंस्कार सिकाउन नसक्दा मानवीय मूल्य–मान्यताहरु नै सङ्कटग्रस्त बन्दै गएकोमा यसरी कार्यक्रम राखिनु सकारात्मक भएको बताउनुभयो । सहभागी अभिभावकले आफ्ना छोराछोरीलाई सानै उमेरदेखि असल संस्कार दिलाउन आवश्यक रहेको र त्यसका लागि संस्कार विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र यस्ता संस्कारि ज्ञानले हृदयलाइ प्रशिक्षित गर्ने बताएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...