१३ सय हेक्टर वनमा डढेलो

Published on

काठमाडौं । यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । एक महिना अघि देखि सुरु भएको डढेलोले हालसम्म झण्डै एक चार सय हेक्टर जङ्गलमा क्षति पुर्‍याएको छ ।

हालसम्म ७१ वटा सामुदायिक वनमा एक हजार तीन सय २२ दशमलव ८० हेक्टर वन–जङ्गल सखाप पारेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । चितुवा र बाँदर आतङ्कले गर्दा तनहुँमा वन डढेलो लाग्ने क्रम बढेको हो । चितुवाले मान्छेलाई आक्रमण गर्ने र बाँदरले अन्न, फलफूल तथा तरकारी खाने र नष्ट गर्ने गरेकोले वनमा डढेलो बढेको श्रेष्ठ बताउनुहुन्छ । डढेलोले वन्यजन्तु लुक्ने झाडी मासिने हुँदा वनमा डढेलो लगाउने क्रम बढेको पाइएको उहाँ बताउनुहुन्छ । सुख्खा मौसममा भएको बेला बस्ती वरपरको क्षेत्रमा डढेलो लगाउँदा फैलिएर जङ्गलसम्म पुगेको छ। चितुवा बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेकाले बाँदर समेत दुःख दिने गरेकोले झाडी सफा गर्ने क्रममा बस्तीबाट जङ्गलमा डढेलो फैलिँदै गएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार डढेलोले गर्दा लोपोन्मुख बोटबिरुवा, पशुपन्छीको अस्तित्व सङ्कटमा पर्दै गएको छ । यस्तै‚ डढेलोले चरन क्षेत्र र वासस्थान नासिएपछि जङ्गली जनावरहरू बस्ती क्षेत्रमा पुग्दा मानव–जनावर द्वन्द्व बढेको छ ।

कार्यालयले चितुवाबाट बढी प्रभावित भएको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका क्षेत्रका सार्वजनिक वनमा आगलागी धेरै हुने गरेको पाइएको जनाएको छ । छ वर्षको अवधिमा तनहुँका १४ जना बालबालिका ज्यान गुमाएको र १८ जना घाइते भएकाले चितुवा लुक्ने डरले झाडीमा आगो लगाउने गरेकाले वनमा क्षति धेरै भएको पाइएको छ । वनमा डढेलो लाग्दा चितुवाका आहारा बँदेल, मृग, चराचुरुङ्गी मासिने, बिरुवा नास हुने, पानीको मुहान सुक्ने हुँदा चितुवा आहारा र पानी खोज्दै मानव बस्तीमा आउने श्रेष्ठले जानकारी दिनुभयो । जङ्गलमा घाँस पलाउन नदिन, झाडी सफा हुने, घना झाडी हुँदा वन्यजन्तु लुकेर बस्नेलगायतका कारणले जङ्गलमा डढेलो लगाउने गरेको श्रेष्ठले बताउनुभयो ।

जिल्लाका दश वटा पालिकामा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियत वन, ६ धार्मिक वन रहेका छ । डढेलो लाग्न नदिन सचेतनामूलक कार्यक्रमका साथै प्रचार–प्रसार गरिए बस्ती वरपरको झाडीबाट सल्किएर फैलने गरेको पाइएकोले नियन्त्रण गर्न कठिन भएको छ । कतिपय व्यक्तिले घरनजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किएको छ । मानिसले घर नजिकैको स्थानमा गाईबाख्राका लागि घाँस राम्रोसँग पलाउँछ भन्दै आगो लगाइदिने गरेकाले पनि समस्या निम्तिएको छ । डढेलोले गर्दा तापक्रम बढाउनुका साथै वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्नुका साथै माटो नाङ्गो र कमजोर बनाइ भलको बहाव र गति बढाएर भूक्षय, बाढिपहिरो, डुबानजस्ता प्रकोप भएर धनजन र सम्पदामा पनि क्षति गर्ने गरेको वन अधिकृत सागर खनालले बताउनुभयो । वनले वातावरण सन्तुलन कायम राख्न मद्धत गर्ने, स्वच्छहावा रुखवाट सृजना हुने भएकोले डढेलोबाट बचाउनु पर्ने खनाल बताउनुहुन्छ । वन जङ्गलले सम्भावित पहिरो रोकथाम गर्न, भुक्षयवाट जोगाउन, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिबाट बचाउन पनि वनले मदत गर्दछ । नियमित वर्षा कायम राख्न पनि मद्धत गर्ने हुँदा डढेलो लगाउन नहुने उहाँले बताउनुभयो। विभिन्न भोतिक संरचनाहरुको निमार्ण गर्न आवश्यकपर्ने काठ, वन जगंलबाटै आपुर्ती गर्न सकिन्छ । वनमा हुने काठ दाउरा विक्री वितरणबाट राजश्व सङ्कलन गर्न तथा आर्थिक क्रियाकलाप वृद्धि गरी रोजगारी सृजना गर्न सकिने हुँदा जङ्गलको संरक्षण गरिनु पर्ने खनाल बताउनुहुन्छ । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...