रेसुङ्गा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त नगरपालिका घोषणा

Published on

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त नगरपालिका घोषणा गरिएको छ । रेसुङ्गा नगरपालिका स्थापना दिवसको अवसरमा पोषणमैत्री स्वास्थ्य संस्थायुक्तसँगै पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको हो ।

यस नगरपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेसँगै पोषणमैत्री स्वास्थ्य संस्थायुक्तसँगै पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको बताइएको छ । जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले नगरप्रमुख खिलध्वज पन्थीलाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका बनाउन नगरपालिकाभित्रका १४ वटै वडामा रहेका १६ वटा स्वास्थ्य संस्थाहरुलाई घोषणा गर्दै सिङ्गो नगरपालिकालाई पनि घोषणा गरिएको हो । स्थानीय पोषणयुक्त खाद्यपदार्थ प्रर्दशनसँगै सन्देश मूलक नृत्य गीत समेत प्रस्तुत गरिएको थियो । त्यस अवसरमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणाले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा एउटा फड्को मारेको अपेक्षा लिएको नगरप्रमुख पन्थीले बताउनुभयो । यस जिल्लाका स्थानीय तहले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गर्ने कार्यलाई निकै तीब्र रुपमा अगाडी बढाएका छन् । यसअघि गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका र धुर्कोट गाउँपालिकाले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गरिसकेका छन् । गोरखापत्र

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...