विद्यार्थी घटेपछि विद्यालय समायोजन

Published on

काठमाडौं । कालीकोटको रास्कोट नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्न थालेपछि कक्षा समायोजन गरेको छ । प्रत्येक शैक्षिक सत्रमा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्यामा गिरावट आउन थालेपछि नगर कार्यपालिकाको वैशाख २३ गते बसेको बैठकले १० वटा विद्यालयका माथिल्ला कक्षा समायोजन गर्ने निर्णय गरेको हो ।

शैक्षिक क्षेत्रमा अगुवाको लापर्बाही र अविभावकको संस्थागत विद्यालयप्रति चासो बढेकाले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर घट्दा कक्षा समायोजन गर्नु परेको नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख तथा अनुगमन समितिका प्रमुख मनिराज बरालले नगरका कक्षा १ देखि ८ सम्म सञ्चालन भएका दुई विद्यालयका कक्षा ६ देखि ८ सम्मका दुई विद्यालय समायोजन गरिएको बताउनुभयो । उहाँले सरकारी विद्यालयप्रति नागरिकको चासो कम हुनु र संस्थागत विद्यालयमा बालबालिका पढाउन थालेपछि सरकारी विद्यालयका कक्षा समायोजन गर्नुपर्ने बाध्यता आएको जिकिर गर्नुभयो । रास्कोट नगरपालिकाले कक्षा १ देखि ५ सम्मका चार वटा, १ देखि ४ सम्मका एउटा, १ देखि ३ सम्मका तीन वटा विद्यालयका माथिल्ला कक्षा समायोजना भएका छन् । सबैभन्दा बढी कक्षा समायोजन सुन्दर आधारभूत विद्यालय रामपुरमा भएका छन् । माध्यमिक विद्यालय सञ्चालन भएका मोतीराम माध्यमिक विद्यालय सिपखाना, बडीमालिका मावि स्युना, कालासिल्ला मावि गोर्खाली गाउँका विद्यालयमा अन्य विद्यालयका कक्षा समायोजन गरिएको छ ।

कक्षा समायोजन भएका विद्यालयका शिक्षक पनि समायोजन भएका छन् । शिक्षा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले विद्यार्थी सङ्ख्याको अभाव, शिक्षक दरबन्दी नभएका कारणले समायोजन गर्नु परेको बताउनुभयो । कक्षा ५ सम्म विद्यालय सञ्चालनमा छन् । शिक्षक सङ्ख्या दुई जना मात्र छन् । त्यसैले पढाइमा गुणस्तर सुधार नहुने भएकाले दरबन्दी भएका विद्यालयमा समायोजन गरिएको बताउनुभयो । रास्कोट नगरपालिकामा सामुदायिक र संस्थागत गरी ३५ वटा विद्यालय छन् । सामुदायिक विद्यालय ३० वटा छन् भने पाँच वटा संस्थागत विद्यालय छन् । नगरको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक काज सरुवासमेत गरिएको थियो । अहिले कक्षा समायोजन हुँदा विद्यार्थीको चाप बढ्ने देखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...