विद्यार्थी घटेपछि विद्यालय समायोजन

Published on

काठमाडौं । कालीकोटको रास्कोट नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्न थालेपछि कक्षा समायोजन गरेको छ । प्रत्येक शैक्षिक सत्रमा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्यामा गिरावट आउन थालेपछि नगर कार्यपालिकाको वैशाख २३ गते बसेको बैठकले १० वटा विद्यालयका माथिल्ला कक्षा समायोजन गर्ने निर्णय गरेको हो ।

शैक्षिक क्षेत्रमा अगुवाको लापर्बाही र अविभावकको संस्थागत विद्यालयप्रति चासो बढेकाले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर घट्दा कक्षा समायोजन गर्नु परेको नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख तथा अनुगमन समितिका प्रमुख मनिराज बरालले नगरका कक्षा १ देखि ८ सम्म सञ्चालन भएका दुई विद्यालयका कक्षा ६ देखि ८ सम्मका दुई विद्यालय समायोजन गरिएको बताउनुभयो । उहाँले सरकारी विद्यालयप्रति नागरिकको चासो कम हुनु र संस्थागत विद्यालयमा बालबालिका पढाउन थालेपछि सरकारी विद्यालयका कक्षा समायोजन गर्नुपर्ने बाध्यता आएको जिकिर गर्नुभयो । रास्कोट नगरपालिकाले कक्षा १ देखि ५ सम्मका चार वटा, १ देखि ४ सम्मका एउटा, १ देखि ३ सम्मका तीन वटा विद्यालयका माथिल्ला कक्षा समायोजना भएका छन् । सबैभन्दा बढी कक्षा समायोजन सुन्दर आधारभूत विद्यालय रामपुरमा भएका छन् । माध्यमिक विद्यालय सञ्चालन भएका मोतीराम माध्यमिक विद्यालय सिपखाना, बडीमालिका मावि स्युना, कालासिल्ला मावि गोर्खाली गाउँका विद्यालयमा अन्य विद्यालयका कक्षा समायोजन गरिएको छ ।

कक्षा समायोजन भएका विद्यालयका शिक्षक पनि समायोजन भएका छन् । शिक्षा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले विद्यार्थी सङ्ख्याको अभाव, शिक्षक दरबन्दी नभएका कारणले समायोजन गर्नु परेको बताउनुभयो । कक्षा ५ सम्म विद्यालय सञ्चालनमा छन् । शिक्षक सङ्ख्या दुई जना मात्र छन् । त्यसैले पढाइमा गुणस्तर सुधार नहुने भएकाले दरबन्दी भएका विद्यालयमा समायोजन गरिएको बताउनुभयो । रास्कोट नगरपालिकामा सामुदायिक र संस्थागत गरी ३५ वटा विद्यालय छन् । सामुदायिक विद्यालय ३० वटा छन् भने पाँच वटा संस्थागत विद्यालय छन् । नगरको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक काज सरुवासमेत गरिएको थियो । अहिले कक्षा समायोजन हुँदा विद्यार्थीको चाप बढ्ने देखिएको छ । गोरखापत्र

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...