एकल महिलालाई पाडी

Published on

काठमाडौं । आयआर्जन बढाउन बलेफी गाउँपालिका–८ ले एकल महिलालाई भैँसीको पाडी सहयोग गरेको छ । आठ जना एकललाई अहिले एक लाख बराबरको उन्नत जातका पाडी सहयोग गरिएको छ ।

अरू एकललाई अर्को पटक पाडी वा चौपाया सहयोग गर्ने वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । वडाका अति विपन्न एकल महिलाहरू जसको कुनै आम्दानीको स्रोत नभएकाले आर्थिक रूपमा उन्नति गर्न वडाले सहयोगको आधार तयार गरी सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सहयोग स्वरूप प्राप्त भएको पाडीलाई पालेर आम्दानी लिई घर व्यवहार चलाउने एकल महिला बालकुमारी पराजुलीले बताउनु भयो । पाडी सहयोगका कारण कृषिमा पनि मद्दत पुग्ने विश्वास लिइएको छ । वडा कार्यालयले एकल महिला, महिला, दलित, जनजातिहरूका समस्या पहिचान गर्दै उनीहरूको जीवनयापनमा सहजता ल्याउने कार्यक्रममा वडा जुटिरहेको उहाँ बताउनु हुन्छ । साथै दलित समुदायको अवस्था बुझिरहेकोले उनीहरूका लागि पनि सीपमूलक, आर्यमूलक कार्यक्रम ल्याउन लागिएको उहाँको भनाई छ । वडाका शिक्षा, स्वास्थ्य, सडक, सिचाई, विभिन्न भवन लगायतका विकास निर्माणमा वडा कार्यालय जिम्मेवार भएर लाग्दै आएको उहाँको कथन छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...