एकल महिलालाई पाडी

Published on

काठमाडौं । आयआर्जन बढाउन बलेफी गाउँपालिका–८ ले एकल महिलालाई भैँसीको पाडी सहयोग गरेको छ । आठ जना एकललाई अहिले एक लाख बराबरको उन्नत जातका पाडी सहयोग गरिएको छ ।

अरू एकललाई अर्को पटक पाडी वा चौपाया सहयोग गर्ने वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । वडाका अति विपन्न एकल महिलाहरू जसको कुनै आम्दानीको स्रोत नभएकाले आर्थिक रूपमा उन्नति गर्न वडाले सहयोगको आधार तयार गरी सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सहयोग स्वरूप प्राप्त भएको पाडीलाई पालेर आम्दानी लिई घर व्यवहार चलाउने एकल महिला बालकुमारी पराजुलीले बताउनु भयो । पाडी सहयोगका कारण कृषिमा पनि मद्दत पुग्ने विश्वास लिइएको छ । वडा कार्यालयले एकल महिला, महिला, दलित, जनजातिहरूका समस्या पहिचान गर्दै उनीहरूको जीवनयापनमा सहजता ल्याउने कार्यक्रममा वडा जुटिरहेको उहाँ बताउनु हुन्छ । साथै दलित समुदायको अवस्था बुझिरहेकोले उनीहरूका लागि पनि सीपमूलक, आर्यमूलक कार्यक्रम ल्याउन लागिएको उहाँको भनाई छ । वडाका शिक्षा, स्वास्थ्य, सडक, सिचाई, विभिन्न भवन लगायतका विकास निर्माणमा वडा कार्यालय जिम्मेवार भएर लाग्दै आएको उहाँको कथन छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...