मार्सी धान रोपाइँको उल्लास

Published on

काठमाडौं । पोषणयुक्त मार्सी धानको संरक्षण र प्रवर्धन गर्न जुम्लाका किसान र स्थानीय सरकार जुटेका छन् । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोमा पनि मार्सी धान रोपाइँ गर्न महोत्सव नै आयोजना गरिएको छ ।

मार्सी धानको संरक्षण तथा प्रवर्धन गर्न जुम्लाको पातारासी गाउँपालिकाले शुक्रबार धान दिवस तथा रोपाइँ महोत्सवको आयोजना गरेको हो । कृषि विकास कार्यालयले स्थानीय सरकारसँगको समन्वयमा विश्वको सबैभन्दा उच्च स्थानमा मार्सी धान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा यस वर्ष पनि मार्सी महोत्सव मनाएको हो । समुद्री सतहदेखि झन्डै दुई हजार ८५० मिटर उचाइमा पातारासी गाउँपालिका–३, छुमचौर ज्युलोमा स्थानीय तह, स्थानीय प्रशासन, किसान, कृषिविज्ञ, स्थानीय र सरोकारवाला निकायको उपस्थितिमा मार्सी महोत्सव मनाइएको छ । मार्सी धान प्रवर्धनका लागि केही वर्षदेखि छुमचौरमा सरकारीस्तरबाटै रोपाइँ थालिएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालक देवकोटाले महोत्सवका माध्यमबाट कालीमार्सी धानको महवप्रचारप्रसार गर्न र किसानलाई मार्सी फलाउन उत्प्रेरित गरिएको बताउनुभयो । बजारमा मार्सी चामलको महबढेको चर्चा गर्दै उहाँले मार्सी धान उत्पादन गर्ने किसानको जोस जाँगर निकै कम रहेको र किसानलाई ऊर्जा दिन र बजारमा आएको माग पूरा गर्न किसानलाई प्रोत्साहित गरिएको बताउनुभयो ।

त्यस्तै पातारासी गाउँपालिकाका किसानले संयुक्त रूपमा धान रोपेर धान दिवस तथा महोत्सव मनाएका छन् । पातारासी–३ का वडाध्यक्ष गोविन्दबहादुर रावतले छुमचौर ज्युलोमा रोपाइँ गर्नुको लक्ष्य मार्सी धान उत्पादन वृद्धि गर्नु र खेती विस्तार गर्नु रहेको बताउनुभयो । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मौलिक सम्पदाको खानी जुम्लामा भाषा, साहित्य र सभ्यतासँगै अर्गानिक रैथाने बाली उत्पादनमा पनि सक्षम रहेको बताउनुभयो । उहाँले मार्सी जुम्लाको पहिचान भएकाले उत्पादनमा वृद्धि गर्नुपर्ने बताउनुभयो ।

मार्सीको माग बढ्दो

मार्सीको चामलको उत्पादनसँगै माग पनि बढ्दो व्रmममा छ । मार्सी धानको उत्पादन जति भए पनि बिव्रmीमा समस्या छैन । कृषकका अनुसार मार्सी धान किन्न व्यापारी गाउँघरमै पुग्ने गरेका छन् । मार्सी धानको व्यापारको पछिल्लो समय व्यापारको ब्रान्डिङ गरेर जिल्लाबाहिर बिक्री भइरहेको छ । मार्सी धानको कोसेलीघर स्थापना गरी बिक्री तथा वितरण गरिएको छ । जुम्लाको चन्दननाथ सहकारी संस्थाले मार्सी चामल बिक्री गरिरहेको छ । सहकारीका प्रमुख व्यवस्थापक ऋषिराम पाण्डेका अनुसार मार्सी चामल र धान जति प्राप्त भयो, त्यति बिक्री भइरहेको छ । मार्सी चामलको मूल्य जुम्लामा प्रतिकेजी १७० रुपियाँ रहेको छ । जुम्लाबाहिरका बजारमा मार्सी चामल प्रतिकेजी २५० देखि तीन सय रुपियाँसम्ममा पनि बिक्री हुने गरेको छ । गोरखापत्र

ताजा समाचार

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...

काभ्रेको श्वेत भैरव मन्दिर

काठमाडौं । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत...

आठ हजार चालक रसिदकै भरमा सवारी कुदाउँदै

काठमाडौं । राजमार्गमा होस अथवा जुनसुकै सडकमा सवारी चलाउन चालक अनुमति पत्र अनिवार्य छ...