भुटानी शरणार्थीको पीडा : न जन्मदर्ता न शरणार्थी प्रमाणपत्र

Published on

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणपछि अन्यायमा परेका सक्कली भुटानी शरणार्थीका प्रतिनिधिहरूले नेपाल सरकार र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोग९युएनएचसीआर०लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नक्कली शरणार्थी प्रकरणपछि झापाको दमक र मोरङको पथरीशनिश्चरेमा विगत ३३ वर्षदेखि बसिरहेका भुटानी शरणार्थीहरूलाई नेपाल सरकारले उपलब्ध गराइरहेका केही सेवाहरू कटौती भएका थिए । शरणार्थी शिविरमा बसिरहेका तर युएनएचसीआरबाट शरणार्थीको परिचय पत्र नपाएकाहरूलाई जिल्ला प्रशासन कार्यालयले ट्राभल्स डकुमेन्ट बनाइदिँदै आएको थियो । यस्तै, स्थानीय दमक र पथरीशनिश्चरे नगरपालिकाले शिविर भित्र जन्मिएका शिशुको जन्म दर्ता गरिदिँदै आएको थियो । नक्कली शरणार्थी प्रकरणपछि पुनर्वासमा गएका आफन्तले बोलाउँदा समेत यहाँबाट परिवारका सदस्य जान नपाउने भएका छन् । शिविर भित्र जन्मिएका शिशुले न नेपालमा जन्म दर्ता प्रमाणपत्र पाउँछन्, न शरणार्थी परिचय पत्र पाउँछन् । युएनएचसीआरले दिने गरेको सम्पूर्ण सेवा सुविधा काटिएपछि शरणार्थी जीवन नरक तुल्य भएका सेक्टर डी ९एक० छाप्रो नं। ५ कि ममनमाया राईले बताउनुभयो । राईले भन्नुभयो, ‘‘छोरो जन्मिएको चार वर्ष हुन लाग्यो । विद्यालय जाने नभई दर्ता गर्न गइन । अहिले वडामा जन्मदर्ता गरिदिन मान्दैनन् । मनमाया प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्ता थुप्रै जना शरणार्थी आमाहरू अहिले मन गह्रौँ बनाएर आफ्ना सन्तानको परिचय खोजिरहनु भएको छ । समस्याको दिगो समाधान गर्नुपर्ने माग गर्दै दमकको बेलडाँगी र मोरङको पथरीशनिश्चरे शिविरका १५ जनाको संयुक्त समूहले बिहीबार गृह मन्त्रालय र युएनएचसीआरका नेपालका प्रतिनिधिलाई माग पत्र बुझाएका हुन् । मागपत्रमा स्वदेश फर्किन चाहनेहरूलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरिएको छ ।

यस्तै, पुनर्वासका कारण बिछोडिएका परिवारलाई पुनः प्रमाणीकरण गरी पुनर्वासको व्यवस्था मिलाइदिन र स्थानीय स्तरमै बस्न चाहनेलाई कम्तीमा घरवासको व्यवस्था र नागरिकताको व्यवस्था मिलाइदिन माग गरिएको छ । कम्तीमा पाँच कट्ठा जग्गा उपलब्ध गराइ सङ्घ संस्था खोल्न पाउने, व्यापार गर्न पाउने, बैङ्क खाता खोल्न पाउने आधारभूत सेवा उपलब्ध गराउन माग गरिएको छ । पथरीशनिश्चरे शिविर व्यवस्थापन समितिका सचिव कर्णबहादुर राईका अनुसार ज्ञापन पत्र गृह मन्त्रीका स्वकीय सचिव र युएनएचआरसीका नेपाल प्रतिनिधि कोरोलिन स्पानुथ भर्मालाई बुझाइएको हो । प्रतिनिधि मण्डलमा सचिव राईसँगै बेलडाँगी शिविरका सचिव सञ्चहाङ्ग सुब्बा, भुटानी शरणार्थी अपाङ्गता सङ्घका अध्यक्ष तनुजा तामाङ, महिला मञ्चका अध्यक्ष रिनजिन डोल्मा र बाल मञ्चका अध्यक्ष मौसम राईको सहभागिता रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...