भुटानी शरणार्थीको पीडा : न जन्मदर्ता न शरणार्थी प्रमाणपत्र

Published on

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणपछि अन्यायमा परेका सक्कली भुटानी शरणार्थीका प्रतिनिधिहरूले नेपाल सरकार र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोग९युएनएचसीआर०लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नक्कली शरणार्थी प्रकरणपछि झापाको दमक र मोरङको पथरीशनिश्चरेमा विगत ३३ वर्षदेखि बसिरहेका भुटानी शरणार्थीहरूलाई नेपाल सरकारले उपलब्ध गराइरहेका केही सेवाहरू कटौती भएका थिए । शरणार्थी शिविरमा बसिरहेका तर युएनएचसीआरबाट शरणार्थीको परिचय पत्र नपाएकाहरूलाई जिल्ला प्रशासन कार्यालयले ट्राभल्स डकुमेन्ट बनाइदिँदै आएको थियो । यस्तै, स्थानीय दमक र पथरीशनिश्चरे नगरपालिकाले शिविर भित्र जन्मिएका शिशुको जन्म दर्ता गरिदिँदै आएको थियो । नक्कली शरणार्थी प्रकरणपछि पुनर्वासमा गएका आफन्तले बोलाउँदा समेत यहाँबाट परिवारका सदस्य जान नपाउने भएका छन् । शिविर भित्र जन्मिएका शिशुले न नेपालमा जन्म दर्ता प्रमाणपत्र पाउँछन्, न शरणार्थी परिचय पत्र पाउँछन् । युएनएचसीआरले दिने गरेको सम्पूर्ण सेवा सुविधा काटिएपछि शरणार्थी जीवन नरक तुल्य भएका सेक्टर डी ९एक० छाप्रो नं। ५ कि ममनमाया राईले बताउनुभयो । राईले भन्नुभयो, ‘‘छोरो जन्मिएको चार वर्ष हुन लाग्यो । विद्यालय जाने नभई दर्ता गर्न गइन । अहिले वडामा जन्मदर्ता गरिदिन मान्दैनन् । मनमाया प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्ता थुप्रै जना शरणार्थी आमाहरू अहिले मन गह्रौँ बनाएर आफ्ना सन्तानको परिचय खोजिरहनु भएको छ । समस्याको दिगो समाधान गर्नुपर्ने माग गर्दै दमकको बेलडाँगी र मोरङको पथरीशनिश्चरे शिविरका १५ जनाको संयुक्त समूहले बिहीबार गृह मन्त्रालय र युएनएचसीआरका नेपालका प्रतिनिधिलाई माग पत्र बुझाएका हुन् । मागपत्रमा स्वदेश फर्किन चाहनेहरूलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरिएको छ ।

यस्तै, पुनर्वासका कारण बिछोडिएका परिवारलाई पुनः प्रमाणीकरण गरी पुनर्वासको व्यवस्था मिलाइदिन र स्थानीय स्तरमै बस्न चाहनेलाई कम्तीमा घरवासको व्यवस्था र नागरिकताको व्यवस्था मिलाइदिन माग गरिएको छ । कम्तीमा पाँच कट्ठा जग्गा उपलब्ध गराइ सङ्घ संस्था खोल्न पाउने, व्यापार गर्न पाउने, बैङ्क खाता खोल्न पाउने आधारभूत सेवा उपलब्ध गराउन माग गरिएको छ । पथरीशनिश्चरे शिविर व्यवस्थापन समितिका सचिव कर्णबहादुर राईका अनुसार ज्ञापन पत्र गृह मन्त्रीका स्वकीय सचिव र युएनएचआरसीका नेपाल प्रतिनिधि कोरोलिन स्पानुथ भर्मालाई बुझाइएको हो । प्रतिनिधि मण्डलमा सचिव राईसँगै बेलडाँगी शिविरका सचिव सञ्चहाङ्ग सुब्बा, भुटानी शरणार्थी अपाङ्गता सङ्घका अध्यक्ष तनुजा तामाङ, महिला मञ्चका अध्यक्ष रिनजिन डोल्मा र बाल मञ्चका अध्यक्ष मौसम राईको सहभागिता रहेको थियो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...