हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द गर्न माग

Published on

काठमाडौं । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग गाभ्न लागिएको प्रति मकवानपुरका आठ राजनीतिक दलले आपत्ति जनाएका छन् । शनिबार दलहरूले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको निर्णयमा आपत्ति जनाएका हुन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौँडा अस्पताललाई प्रयोगशालाका रुपमा लिइने भनेर गरिएको सहमति गरिएपनि हाल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै सम्पूर्ण सम्पत्ति र स्वामित्व हस्तान्तरण गर्ने गरी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत आरम्भ गरेको प्रक्रिया प्रति राजनीतिक दलले आपत्ति जनाएका हुन् । संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा राज्यको ठुलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको र दैनिक दुई हजारभन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै मास्ने गरी भइरहेको गतिविधिप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिन, एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भरतप्रसाद पराजुली, जसपा नेपालका अध्यक्ष सोम घलान, राप्रपा नेपालका अध्यक्ष गुरु प्रसाद सापकोटा, राप्रपा उपाध्यक्ष अर्जुन प्रसाद गौतम र नेकपा मकवानपुरका इन्चार्ज वाटर सिद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकारको यस निर्णयमा समर्थन जनाउन नसकिने भन्दै यो प्रक्रिया तत्काल नरोकिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । गोरखापत्र

ताजा समाचार

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

काठमाडौँ । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात...

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा...

प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० काठमाडौँ । क्रिकेट प्रतियोगिताको सुपर...

नदीजन्य पदार्थको उत्खनन भइरहेको क्षेत्रमा छड्के अनुगमन

काठमाडौँ । जिल्लामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलीले छड्के अनुगमन...