बिपिसको विद्युत महसुलमा वृद्धि

Published on

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रको विद्युत महसुलमा वृद्धि भएको छ । कम्पनीको प्रस्तावमा विद्युत नियमन आयोगले विद्युत महसुल बढाउने निर्णय गरेको हो । आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर विद्युत महसुल बढाएको जानकारी गराएको हो । कम्पनीले विद्युत सेवाको गुणस्तर नबढाउने तर महसुल मात्रै बढाउन खोजेको भन्दै लामो समय देखि विरोध हुँदै आएको छ । पाँच वर्ष अगाडि महसुल बढाएको कम्पनीले घाटामा गएको भन्दै महसुल बढाउन दबाब दिँदै आएको थियो ।

महङ्गमो परे उपभोक्ता

कम्पनीले स्याङ्जाको गल्याङमा रहेको आँधीखोला जलविद्युत केन्द्रमार्फत ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत बिक्री गर्दै आएको छ । सञ्चालन, मर्मतसम्भार खर्च बढी भएको भन्दै कम्पनी आयोगमार्फत बढीमा प्रतियुनिट १३ रुपियाँ ५० पैसा महसुल प्रस्ताव गरेको थियो । यस अघि उपभोक्ताले बढीमा सात रुपियाँ महसुल बुझाउँदै आएका थिए । केन्द्रमार्फत ९ दशमलव ४ मेगावाटको विद्युत वितरण गर्दै आएको छ । अब उपभोक्ताले बढीमा १० रुपियाँ ३० पैसा महसुल तिर्नुपर्ने भएको छ यो ईनर्जी खपत शुल्क हो भने न्यूनतम शुल्कमा समेत भारी वृद्धि भएको छ । यस अघि न्यूनतम एक सय रुपियाँ तिर्दै आएका उपभोक्ताले अब बढीमा दुई सय ५० रुपियाँसम्म तिर्नुपर्ने हुन्छ ।

गुणस्तर कमजोर

नेपाल विद्युत प्राधिकरणको विद्युत उपभोग गर्न नपाएका वालिङ, गल्याङ, कालीगण्डकी र चापाकोट क्षेत्रमा उपभोक्ता गुणस्तरीय विद्युत उपभोग गर्न भने पाएका छैनन् । वालिङ नगरपालिका १० का कृषक रुक्मागत ढकाल भन्नुहुन्छ, “कृषि फर्मका लागि कम्वाईन मिल खरिद गरेर लगे तर यो चल्दै चलेन । बल्लतल्ल हार गुहार गर्दा ३० एम्पियरको विद्युत जडान गरेको भए पनि नचलेका कारण म मर्कामा छु । यस क्षेत्रमा रहेका मिलहरू, वल्डिङ उद्योगहरू तथा विभिन्न उद्योगहरू विद्युत प्रवाह राम्रो नहुँदा मर्कामा पर्दै आएको गुनासो गरेका छन् ।

निरन्तरको विरोध

विद्युत नियमन आयोगले महसुल बढाउन लामो समयदेखि प्रयास गरिरहेको थियो । विभिन्न ठाउँमा सार्वजनिक सुनुवाइ गर्दै आएको आयोगलाई उपभोक्ताहरूले तत्काल महसुल नबढाउन अनुरोध गरेका थिए । उनीहरूको माग थियो पहिले गुणस्तर वृद्धि गर्नु पर्‍यो अनि मात्र महसुल बढाउनुपर्छ । तर गुणस्तर सुधारको साटो पहिले नै महसुलमा वृद्धि भएको छ । प्रभावित क्षेत्रका स्थानीय तह, उद्योग वाणिज्य सङ्घहरू लगायत महसुल वृद्धि भएपछि अब कसरी जाने भन्नेमा आन्तरिक छलफलमा लागेको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । महँगीको मारमा परिरहेका उपभोक्ता र व्यवसायीलाई बढेको विद्युत महसुलले झनै समस्यामा पार्ने उहाँको भनाइ छ । वृद्धि भएको महसुल तत्कालै फिर्ता लिन सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले माग गर्नु भएको छ । गल्याङ् नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले तत्काल महसुल वृद्धि फिर्ता गर्नु पर्ने बताउनु भयो । पहिला गुणस्तरमा सुधार गर्न उहाँको सुझाव छ । स्याङ्जाको भूमि र पानी प्रयोग गरेर आम्दानी लिने कम्पनीले न्यूनतम आधारभूत प्रक्रिया समेत पूरा नगरेको प्रमुख भट्टराईको आरोप छ । उहाँले भन्नुभयो, “स्थानीयस्तरमा छलफल, आवश्यक परामर्श लिनुको सट्टा विद्युत नियमन अयोगसँगको मिलोमतोमा महसुल वृद्धि गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...