सुकेधारामा पुरुषको शव फेला

Published on

काठमाडौं । काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भई हाल काठमाडौँ–७ चाबहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नालामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । प्रवक्ता अधिकारीका अनुसार गिरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । रासस

ताजा समाचार

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

काठमाडौँ । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात...

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा...

प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० काठमाडौँ । क्रिकेट प्रतियोगिताको सुपर...

नदीजन्य पदार्थको उत्खनन भइरहेको क्षेत्रमा छड्के अनुगमन

काठमाडौँ । जिल्लामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलीले छड्के अनुगमन...