संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

Published on

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसदमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ ।

कांग्रेसले यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएको थियो । कांग्रेस संसदीय दलको मङ्गलबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । सङ्घीय संसद्को आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नुहुने कार्यसूची छ । कांग्रेसले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूचीपछिको छलफलमा भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक सञ्चालन हुन नदिने जनाएको छ । कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसमेत सहकारीको रकम अपचलनमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । रासस

spot_img

ताजा समाचार

पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ...

पुस्तौदेखि सडक सञ्जालबाट वञ्चित हुँदै गुम्बाबासी

काठमाडौं । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका...

अवैध रूपमा सामुदायिक वनको माटो बिक्री

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले...

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

काठमाडौं । यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा...