काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार दिउँसो ३ बजे प्रस्तुत हुँदैछ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुनेछ । नीति तथा कार्यक्रम प्रस्तुतिका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा सम्पूर्ण तयारी पूरा भएको छ ।