अग्नी पीडितलाई राहत वितरण

Published on

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका ३ को गोइटी टोलका अग्नी पीडितहरुलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कोशीले कोशी गाउँपालिका ३ को गोइटी टोलका १२ अग्नी पीडित परिवारहरुलाई राहत वितरण गरेको हो ।

वैशाख २८ गते भएको आगलागीबाट घर, धनमान नष्ट भएको परिवारहरुलाई मंगलबार घटनास्थलमा नै नेपाल रेडक्रस सोसाइटी सुनसरीको उपस्थितिमा राहत प्याकेज वितरण गरिएको हो । रेडक्रसका धर्मेन्द्र विश्वासका अनुसार कोशी गाउँपालिका वाड नम्बर ३ को गोइटी टोलका अग्नी पीडितहरुलाई भाडावर्तन, कपडा, कमल त्रिपाल, बम्दोबस्ती सहितको सामग्री राहत वितरण गरिएको हो । स्थानीय एसराईल मंसुरी, मुर्तुज मंसुरी, कर्मुल मंसुरी, तजमुल मंसुरी, रमजान मंसुरी, रमलुम मंसुरी, सदाम मंसुरी, गुलाव हसन मंसुरी, गुलाम रसुल मंसुरी, अल मोहम्मद मंसुरी, इलियास मंसुरी र सवुन खातुत सहित १२ अग्नी पीडित परिवारहरुलाई राहत वितरण गरिएको हो । कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता देवी यादवको पहलमा नेपाल रेडक्रस सोसाइटी सुनसरीले राहत प्याकेज वितरण गरिएको जनाएको छ । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष सुलेमान मंसुरी, रेडक्रसका कोशी अध्यक्ष अजय कुसियैत, उपाध्यक्ष अनिता उराँव, सचिव धर्मेन्द्र विश्वास, योगेन्द्र दास उराँव सहितको उपस्थिती रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...