अग्नी पीडितलाई राहत वितरण

Published on

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका ३ को गोइटी टोलका अग्नी पीडितहरुलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कोशीले कोशी गाउँपालिका ३ को गोइटी टोलका १२ अग्नी पीडित परिवारहरुलाई राहत वितरण गरेको हो ।

वैशाख २८ गते भएको आगलागीबाट घर, धनमान नष्ट भएको परिवारहरुलाई मंगलबार घटनास्थलमा नै नेपाल रेडक्रस सोसाइटी सुनसरीको उपस्थितिमा राहत प्याकेज वितरण गरिएको हो । रेडक्रसका धर्मेन्द्र विश्वासका अनुसार कोशी गाउँपालिका वाड नम्बर ३ को गोइटी टोलका अग्नी पीडितहरुलाई भाडावर्तन, कपडा, कमल त्रिपाल, बम्दोबस्ती सहितको सामग्री राहत वितरण गरिएको हो । स्थानीय एसराईल मंसुरी, मुर्तुज मंसुरी, कर्मुल मंसुरी, तजमुल मंसुरी, रमजान मंसुरी, रमलुम मंसुरी, सदाम मंसुरी, गुलाव हसन मंसुरी, गुलाम रसुल मंसुरी, अल मोहम्मद मंसुरी, इलियास मंसुरी र सवुन खातुत सहित १२ अग्नी पीडित परिवारहरुलाई राहत वितरण गरिएको हो । कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता देवी यादवको पहलमा नेपाल रेडक्रस सोसाइटी सुनसरीले राहत प्याकेज वितरण गरिएको जनाएको छ । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष सुलेमान मंसुरी, रेडक्रसका कोशी अध्यक्ष अजय कुसियैत, उपाध्यक्ष अनिता उराँव, सचिव धर्मेन्द्र विश्वास, योगेन्द्र दास उराँव सहितको उपस्थिती रहेको थियो । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...