क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसामुक्त प्रवेश अनुमति

Published on

काठमाडौं । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसामुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ ।

राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त पर्यटक समूहहरूले साङ्घाई, तियान्जिन, ग्वाङ्झाउ, सान्या लगायत १३ वटा चिनियाँ सहरका बन्दरगाहमार्फत बिना भिसा चीन प्रवेश गर्न सक्नेछन् । चीनको बसाइमा १५ दिन रहने पर्यटकहरू त्यहाँ हुँदा, तिनीहरूले तटीय प्रान्तहरू, नगरपालिकाहरू र स्वायत्त क्षेत्रहरू साथै बेइजिङ भ्रमण गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । यसैगरी, सात क्रुज पोर्टहरू, डालियान, लियानयुङ्गाङ, वेनझोउ, झोउसान, ग्वान्झाउ, शेन्जेन र बेइहाईमा ५४ देशका नागरिकहरूका लागि भिसामुक्त ट्रान्जिट पोर्टका रूपमा तोकिएको छ । यस कदमले चीनको भिसामुक्त पारवहन नीतिअन्तर्गत क्रुज जहाजमार्फत बन्दरगाहहरूबाट विदेशी यात्रुहरूको पारवहन र प्रस्थानलाई सहज बनाउनेछ । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...