सुदूरपश्चिममा एमालेले विश्वासको मत दिने, सरकारमा नजाने

Published on

काठमाडौं । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेशको संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो।

एमालेले नीति तथा कार्यक्रम तयार गर्नका लागि भने साझेदार दलसँग छलफल गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सोडारीले यसअघि वैशाख २१ र २२ गते समेत विश्वासको मत लिन खोज्नु भएको थियो। तर एमालेले निर्णय नगर्दा विश्वासको मत लिने कार्यक्रम स्थगित भएको थियो। नेकपा (एकीकृत समाजवादी) का दलका नेता समेत रहनु भएका मुख्यमन्त्री सोडारीले विहीबार १० स् १५ बजे विश्वासको लिने कार्यक्रम रहेको छ। सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना पुग्न लागेको बेला विश्वासको मत लिन थाल्नु भएको हो।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ जनाको समर्थन आवश्यक हुन्छ। मुख्यमन्त्री सोडारीलाई एमालेका ११ र नेकपा (माओवादी केन्द्र) का १० गरेर २२ जना, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्तीका दुई र स्वतन्त्र एक जना गरेर २८ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ। गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...