राष्ट्रिय सभामा कांग्रेसको विरोध : शुक्रबारसम्मका लागि बैठक स्थगित

Published on

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो।बैठक सुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदले उठेर विरोध जनाएका थिए। कांग्रेसले विरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित गर्नुभएको हो।सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँ नयाँ पन देखिन थालेको महसुस भएको बताउनुभयो।उहाँले राष्ट्रिय सभामा विरोध गर्नेकुराले सबैलाई अप्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा सुरु भएको बताउनुभयो। अध्यक्ष दाहालले नेपाली काँग्रेसलाई सभा सहज रूपमा अघि बढाउनका लागि भूमिका खेल्न पनि आग्रह गर्नुभयो।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...