राष्ट्रिय सभामा कांग्रेसको विरोध : शुक्रबारसम्मका लागि बैठक स्थगित

Published on

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो।बैठक सुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदले उठेर विरोध जनाएका थिए। कांग्रेसले विरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित गर्नुभएको हो।सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँ नयाँ पन देखिन थालेको महसुस भएको बताउनुभयो।उहाँले राष्ट्रिय सभामा विरोध गर्नेकुराले सबैलाई अप्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा सुरु भएको बताउनुभयो। अध्यक्ष दाहालले नेपाली काँग्रेसलाई सभा सहज रूपमा अघि बढाउनका लागि भूमिका खेल्न पनि आग्रह गर्नुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...