अपाङ्गता भएकालाई सिपमूलक तालिम

Published on

काठमाडौं । अपाङ्गता भएका महिलालाई आत्मनिर्भरमुखी सिपमूलक तालिम प्रदान गरिएको छ । महिलालाई आयआर्जन तथा स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालयले यस किसिमको तालिम आयोजना गरेको सो कार्यालय प्रमुख कुलराज सोतीले जानकारी दिनुभयो । डडेलधुराका सात वटै पालिकाबाट २० जना अपाङ्गता भएका महिलालाई तालिम दिइएको उहाँले बताउनुभयो । सातदिने तालिममा पाँच दिन बाख्रापालन, आयआर्जन र दुई दिन नेतृत्व विकास तालिम दिइने छ । उक्त तालिममा आधुनिक खोर बनाउने तरिका, बाख्रापालन गर्न आवश्यक ज्ञान, सिप, बाख्रामा हुने रोग, सङ्क्रमण र उपचार पद्धतिबारे जानकारी गराइने छ ।

बाख्रापालन तालिमपछि उचित बजार व्यवस्थापन गर्न नेतृत्व विकाससम्बन्धी पनि तालिम दिइन लागेको उहाँको भनाइ छ । सहभागीलाई दुई बाख्रा खरिदका लागि अनुदानस्वरूप २०\२० हजार रुपियाँ उपलब्ध गरिने कार्यालय प्रमुख सोतीले बताउनुभयो । उक्त अनुदानको दुरुपयोग गरेमा सो रकम बराबर असुलउपर गरिने गरेर कागजपत्र बनाइने छ । तालिमको उद्घाटन गर्दै मन्त्रालयका सचिव चक्र पाण्डेयले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका र खेलकुदका क्षेत्र प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक, महिला, बालबालिका, संस्कृति पक्षलाई समेट्न नसकेको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...