जनकपुरधाममा जानकी नवमीको रौनक

Published on

काठमाडौं । आज वैशाख शुक्ल नवमीको दिन माता सीताको प्राकट्य दिवस जनकपुरधाममा धुमधामका साथ मनाइँदै छ । मिथिलाका राजा जनक र महारानी सुनैनाकी जेठी छोरी माता सीतालाई मानिन्छ । सीतालाई लक्ष्मीको रुप पनि भनिन्छ ।

जानकी प्रकट भएको दिनलाई स्मरण गर्दै यस वर्ष जनकपुरधामको विभिन्न मठ मन्दिरमा धुमधामका साथ जानकी नवमी मनाइँदै छ । यस विशेष अवसरमा जानकी मन्दिर, सुन्दर सदन, पगला बाबाको धर्मशाला, विहार कुण्ड, मधुकर कुण्डलगायतका मन्दिरमा हर्षोल्लासका साथ भजन कीर्तन तथा विशेष कार्यक्रमहरु गरी मनाइँदै छ । जानकी मन्दिरद्वारा सात दिवसीय कार्यक्रम आयोजना गरिएको छ । जसमा मन्दिरको प्राङ्गणमा रामलीला, रासलीला, श्री मानस विभूषित नरहरि दासजीको राम कथाको आयोजना भएको छ । जानकीजीको डोलासहित नगर परिक्रमा पनि गराइएको छ । त्यसैगरी दुधमति नदीमा बिहान शाही स्नान भएको छ, त्यसमा सन्त, महन्थसँगसँगै देश विदेशबाट भक्तजनहरुको सहभागिता थियो । त्यसैगरी १२ बजे आरती महोत्सव गरिने मन्दिरका महन्थ रामतपेश्वर दासले बताउनुभयो ।

अग्नि कुण्डमा रहेको सुन्दर सदन मन्दिरमा जगत जननी जानकीको प्राकट्य अवसरमा श्रीकिशोरीजीको निजी निवास राम चरित्र मानसमा सुन्दर सदन उल्लेख गरिएको छ । त्यसै अन्तर्गत नै यस वर्ष नौ दिवसीय कार्यक्रमको आयोजना गरिएको छ । मन्दिरको आँगनमा रहेको प्रेम सरोवरमा फूलकै बङ्गला निर्माण गरिएर रामचरित्र मानस, जलविहार, श्री जानकी जन्म बधाईलगायतका कार्यक्रमको आयोजना गरिएको छ । साथै फूल बङ्गला भनेर श्री किशोरीजीको जन्म उत्सव मनाइएको सुन्दर सदनका महन्थ नवरकिशोर दासले बताउनुभयो । पगला बाबाले जनकी नवमी महोत्सवको रुपमा मनाइन्छ भने २४ घण्टा सीताराम नाम जप गरिने उहाँको भनाइ छ । गोरखापत्र

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...