तमोर कोरिडोरमा प्रहरी पोष्ट

Published on

काठमाडौं । धनकुटाको चौविसे गाउँपालिका ४ मा फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । तमोर करिडोर सडक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन फलामेटारमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।

प्रहरी हवलदारको नेतृत्वमा ५ जनाको टोली अस्थायी प्रहरी पोष्टमा रहने छन् । तमोर कोरिडोर सडक अन्तर्गत धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचोकसम्मको १ सय १२ किलोमीटरको दूरीमा पछिल्लो समय दैनिक ३ सय बढी सवारीसाधन सञ्चालनमा आउने गरेका छन् । उक्त सडक खण्ड अन्तर्गत पाँचथर खण्डमा एकमात्र प्रहरी चौकी रहेको र शान्तिसुरक्षाका दृष्टिले धनकुटातर्फ प्रहरी चौकी थप गरिनुपर्ने माग बढेकोले पहिलो चरणमा फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । चौबिसेको पालिका केन्द्र राजारानीबाट सवारीसाधनमा करिब दुई घण्टा दुरीमा रहेको तमोर कोरिडोर क्षेत्रमा प्रशासनको समेत दृष्टि कम पर्ने भएकोले प्रहरी चौकी थप गरिनुपर्ने स्थानीयले माग गर्दै आएका थिए । पछिल्लो समय वन पैदावार चोरी निकासी हुने, तमोर नदीमा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रम बढेकोले त्यसको नियन्त्रणका लागि प्रहरी निगरानी जरुरी स्थानीयको माग रहेको थियो । हाल सञ्चालनमा आएको प्रहरी पोष्टलाई प्रहरी चौकीको रुपमा स्तरवृद्धि गर्ने पहल भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामसिंह चौधरीले बताउनुभयो । उहाँले सडकमा सञ्चालन हुने सवारी साधनको चेकजाँचलाई कडाइ पारिने बताउनुभयो ।

अस्थायी प्रहरी पोष्टको चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल तथा जिल्ला प्रहरी प्रमुख श्यामसिंह चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...