थारू हस्तकला बनाउन सिकाइँदै

Published on

काठमाडौं । थारू समुदायका महिलालाई परम्परागत थारू हस्तकलाका सामग्री बनाउने सिप सिकाउन थालिएको छ । पछिल्लो पुस्तामा सिप हस्तान्तरण गर्न र हराउँदै जान थालेको सिप संरक्षण र संवर्धनका लागि सिकाउन थालिएको हो ।

प्रविधिको विकाससँगै थारू समुदायले दैनिक प्रयोगमा ल्याउने गरेका हस्तकलाका सामग्रीहरू विस्थापित हँदै जान थालेपछि प्रयोगात्मक रूपमै तालिम दिन थालिएको थारू ग्रामथान संरक्षण समितिका सुनसरी सचिव सुनिल चौधरीले बताउनुभयो । थारू सभा रामधुनी नगर समितिले नगरपालिकाको आर्थिक सहयोगमा परम्परागत थारू हस्तकलाका सिप सिकाउन थालेको हो । महिलालाई उद्यमशीलतातर्फ प्रवर्धन गर्ने उद्देश्यले तालिम सुरु गरेको थारू सभा रामधुनीले जनाएको छ । गृहिणी महिलालाई सिप विकासबाट स्वरोजगार, बनाउन आयआर्जन तथा सामाजिक रूपान्तरण र जीविकोपार्जन गर्नका लागि १५ दिने तालिम सुरु गरिएको थारू महिला सभा रामधुनी नगर अध्यक्ष लिली चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परम्परादेखि थारू समुदायले बनाउँदै आएको हस्तकलाका सामग्री बनाउन छोडेसँगै थारू संस्कृतिसँग जोडिएको हस्तकला सिप युवा पुस्तामा सिकाउन सुरु गरेका छौँ ।”

तालिममा सहभागीले धमा, मना, ढकिया, धमनी घरको पूजाकोठामा राख्ने सामग्री र खाद्य वस्तु राख्ने भाँडाकुँडा आकार भएको सामग्री बनाउन सिक्ने छन् । स्थानीय वनजङ्गल, नदी नालामा पाइने घाँस, सिक्री, गबहा र उनबाट उनेर बनाउन सिकाइने सामग्रीको बजार मागसमेत बढ्दो छ । थारू समुदायमा धमा, मना, ढकिया, धमनी धार्मिक कार्यमा प्रयोग गरिँदै आएको छ । हस्तकला र स्थानीय स्रोतसाधनबाट बनाइने सामग्री पर्यावरणमैत्री मानिन्छ । तालिमका सहभागीलाई ७० वर्षीय चनावती थरूनीले हस्तकला सिप सिकाउँदै आउनुभएको छ । हस्तकलाका सामग्रीलाई मायाको चिनो, धार्मिक कार्यमा प्रयोग तथा सजावटका लागि कोठामा राख्न सकिने छ । यस्ता सामग्रीमा फलफूल तथा खानेकुरा राखेर खानाले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताइएको छ । थारू समुदायले धर्म, कर्मका रूपमा परापूर्वकालदेखि प्रयोग गर्दै आएको हस्तकलालाई बजारीकरण गरी पुस्ता हस्तान्तरण गर्नुपर्नेमा प्रशिक्षक थरूनीले सरोकारवालालाई सुझाउनुभएको छ । हस्तकलाको सिपबाट आर्थिक र उद्यमी बन्न सक्ने उद्देश्यले कार्यव्रmम तथा बजेट विनियोजन गरेको नगर प्रमुख शङ्करलाल चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “थारू महिलालाई सिप विकास कार्यव्रmम अन्तर्गत आफ्नो संस्कार, संस्कृति, परम्पराको सिप सिकेर उद्यमी बन्नका लागि तालिम सहयोगी बन्ने छ ।” रामधुनी वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम चौधरीले उक्त सिपमूलक कार्यव्रmमलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...