पाँच सय वर्ष पुरानो खड्कादेवी मन्दिर ओझेलमा

Published on

काठमाडौं । गोरखाको सबैभन्दा पुरानो खड्कादेवी मन्दिर पुरातत्त्व विभागले संरक्षण नगर्दा ओझेलमा परेको छ । गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका–५, पस्लाङमा रहेको उक्त मन्दिर सम्बन्धित निकायको ध्यान नजाँदा जीर्ण बनेको छ ।

त्यहाँ भएको शिलालेखमा उल्लेख भए अनुसार विसं १६१६ सालभन्दाअगाडि गोरखा राज्य पाल्पा राज्यको अधीनमा रहँदा पाल्पाका राजा मणि मुकुन्द सेनले विसं १५०० मा गोरखाको पस्लाङ र तनहुँको बन्दीपुरमा खड्कादेवी मन्दिर निर्माण भएको हो । तनहुँको बन्दीपुरमा रहेको खड्कादेवी मन्दिरमा दैनिक पूजा हुने गरेको छ भने गोरखा सदरमुकाममा रहेको खड्कादेवी मन्दिरको संरक्षण हुन नसक्दा जीर्ण बन्न पुगेको छ । यो मन्दिरमा वर्षको दुई पटक मात्र सरकारी खर्चबाट पूजाआजा हुँदै आएको छ ।

गोरखा जिल्ला आफैँमा एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल भएकाले पनि तत्कालीन राजाहरूको यस ठाउँमा मन्दिर निर्माण भएको हुन सक्ने स्थानीय बासिन्दा भट्टाराईको भनाइ छ । खड्कादेवी मन्दिरलाई संरक्षण गर्न पस्लाङका स्थानीय बासिन्दा जनप्रतिनिधि काठमाडौँमा पुरातìव विभागमा गएर यस मन्दिरको सरंक्षणमा पहल गरिदिन आग्रह गरिएको साथै पुरातìव विभागले आगामी बजेटमा मन्दिर व्यवस्थापन र संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको स्थानीयको भनाइ छ । खड्कादेवी मन्दिरमा मार्चु अर्थात् रानामगरले पूजा गर्ने चलन छ । यस मन्दिरमा पूजापाठ गर्नेले सोचेको र आँटेको सबै मनोकामना पुग्ने धार्मिक विश्वास रहेको पाइएको छ । धेरै समय सुक्खा भएर खडेरी पर्यो भने मन्दिरमा गएर जलधार गर्यो भने पानी पर्ने धार्मिक विश्वास रहेको गोरखा पस्लाङका स्थानीय बासिन्दा शारदा भट्टराईले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...