मोबाइल एप्सबाटै मेट्रो कलेजकाे भवन उद्घाटन

Published on

काठमाडौं । तुलसिपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालय निर्मित भवनको मोबाइल एप्सबाट उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले कलेजमा अध्ययरत विद्यार्थीहरूले तयार पारिएको मोबाइल एप्सबाट भवनको उदघाटन गर्नुभएको हो ।

तुलसिपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तुलसिपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयमा ३७ जिल्लाका १२ सय विद्यार्थी अध्ययनरत छन् । कलेजका प्रमुख बसन्त आचार्यले २३ जना विद्यार्थीबाट सुरु भएको कलेजमा अहिले १२ सय विद्यार्थी अध्ययनरत छन् । कलेजमा स्नातक तहमा कानुन र डिप्लोमा तहमा ६ वटा र प्रिडिप्लोमा तहमा ३ वटा प्राविधिक विषय अध्यापन भइरहेका छन् । कलेजमा तुलसिपुर उपमहानगरपालिकाभित्र एसइइ उत्तीर्ण गरेका तीन छात्राहरूले निशुल्क अध्ययन गरिरहेका छन्। लुम्बिनी प्रदेशको १८ करोड बजेटमा भवन निर्माण भएको हो । भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले पालिकाको गौरव योजनालाई प्रदेश सरकारले साथ सहयोग गरेको बताउनुभयो । उहाँले पश्चिम नेपालकै शिक्षाको हबका रूपमा विकास गर्न सक्षम रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथिले नेपालको शिक्षामा सीप र क्षमतालाई आत्मसाथ गर्न नसक्दा युवा वैदेशिक रोजगारतर्फ उन्मुख रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेशकै अनुकरणीय उदाहरणीय शिक्षालय भएकाले प्रदेश सरकारबाट सहयोग गरिने बताउनुभयो । कार्यक्रममा नगर प्रमुख एवम सञ्चालक समितिका अध्यक्ष टीकाराम खड्काले शिक्षालयमा थप विषयहरू थपिने बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले अन्य स्थानीय तहका लागि सिकाइको विषय हुनुपर्ने बताउनुभयो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...