जोमसोम विमानस्थल नजिकै कस्तुरी मृग मृत फेला

Published on

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम विमानस्थल नजिकै दुर्लभ तथा संरक्षित जनावरमध्येको एक कस्तुरी मृग मृत अवस्थामा फेला परेको छ ।

बथानबाट छुटेको हुनसक्ने उक्त कस्तुरी मृगलाई कुकुरको बथानले आक्रमण गर्दा विमानस्थलको तारबार नजिकै मृत्यु भएको हुन सक्ने स्थानीयले बताएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । विमानस्थलको तारबार नजिकै मृत भेटिएको कस्तुरी मृग वयस्क अवस्थाको रहेको उहाँको भनाइ छ । डिभिजन वन कार्यालय मुस्ताङ र अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना(एक्याप)ले घटनास्थल मुचुल्का गराएपछि कस्तुरी मृगको उचित व्यवस्थापन गरिने प्रनाउ पाण्डेयको भनाइ छ । प्रारम्भिक मुचुल्कापछि त्यसको पोष्टमार्टमा गरेपछि मात्रै कस्तुरी मृगलाई जमिनमा गाड्ने उहाँको भनाइ छ ।

दुर्लभ वन्यजन्तु कस्तुरी नेपालको संरक्षित तथा लोपोन्मुख जनावरमा पर्ने डिभिजन वन कार्यालय मुस्ताङका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । ८\९ वर्षको जस्तो देखिने उक्त वयस्क अवस्थाको लोपोन्मुख जनावर कस्तुरी मृग भेटिएको र मुचुल्का बनाएर एक्यापले बाँकी काम गर्ने भए पनि त्यसको अनुसन्धानपछि यथार्थ आउने उहाँले बताउनुभयो । दुर्लभ तथा लोपोन्मुख जनावरको संरक्षण गर्नु हाम्रो दायित्व र कर्तव्य भएकाले पनि कस्तुरी मृगको मृत्युको कारणबारे अनुसन्धान हुने रानाभाटले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...