जोमसोम विमानस्थल नजिकै कस्तुरी मृग मृत फेला

Published on

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम विमानस्थल नजिकै दुर्लभ तथा संरक्षित जनावरमध्येको एक कस्तुरी मृग मृत अवस्थामा फेला परेको छ ।

बथानबाट छुटेको हुनसक्ने उक्त कस्तुरी मृगलाई कुकुरको बथानले आक्रमण गर्दा विमानस्थलको तारबार नजिकै मृत्यु भएको हुन सक्ने स्थानीयले बताएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । विमानस्थलको तारबार नजिकै मृत भेटिएको कस्तुरी मृग वयस्क अवस्थाको रहेको उहाँको भनाइ छ । डिभिजन वन कार्यालय मुस्ताङ र अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना(एक्याप)ले घटनास्थल मुचुल्का गराएपछि कस्तुरी मृगको उचित व्यवस्थापन गरिने प्रनाउ पाण्डेयको भनाइ छ । प्रारम्भिक मुचुल्कापछि त्यसको पोष्टमार्टमा गरेपछि मात्रै कस्तुरी मृगलाई जमिनमा गाड्ने उहाँको भनाइ छ ।

दुर्लभ वन्यजन्तु कस्तुरी नेपालको संरक्षित तथा लोपोन्मुख जनावरमा पर्ने डिभिजन वन कार्यालय मुस्ताङका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । ८\९ वर्षको जस्तो देखिने उक्त वयस्क अवस्थाको लोपोन्मुख जनावर कस्तुरी मृग भेटिएको र मुचुल्का बनाएर एक्यापले बाँकी काम गर्ने भए पनि त्यसको अनुसन्धानपछि यथार्थ आउने उहाँले बताउनुभयो । दुर्लभ तथा लोपोन्मुख जनावरको संरक्षण गर्नु हाम्रो दायित्व र कर्तव्य भएकाले पनि कस्तुरी मृगको मृत्युको कारणबारे अनुसन्धान हुने रानाभाटले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...