विश्वविद्यालय शिक्षा सुधारमा मेरो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर

Published on

सुदूरपश्चिम क्षेत्रको शिक्षा क्षेत्रमा अग्रणी भूमिका खेलेको सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएको लामो समय भएको छ । २०६७ सालमा स्थापित गरिएको विश्वविद्यालयमा विभिन्न समयमा विभिन्न किसिमका गतिविधि हुँदै आएका छन् । तर, केही समय अगाडि मात्रै विश्वविद्यालयले नयाँ उपकुलपति पाएको छ । उपकुलपतिका रूपमा विश्वविद्यालयमा आएका हेमराज पन्त डोटी जिल्लाका हुन् । चार वर्षे कार्यकाल बोकेर कञ्चनपुर आएका उपकुलपति पन्तले विश्वविद्यालयको शैक्षिण क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गर्नको लागि के–कस्ता योजना बनाएका छन् । जसले सुदूरपश्चिम क्षेत्रको समग्र शिक्षा प्रणालीलाई प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव देखाओस् । यसै विषयमा विश्वविद्यालयले नयाँ उपकुलपति पाएपछि विश्वविद्यालय क्षेत्रमा चालिने नयाँ कदम, आगामी योजना, शैक्षिक स्थिति, पूर्वाधार विकास निर्माण लगायत विभिन्न कुराहरु कस्तो हुने र विश्वविद्यालयका समस्या तथा चुनौती सँगै शैक्षिक गुणस्तरका बारेमा विश्वविद्यालयका उपकुलपति हेमराज पन्तसँग एएनएन नेपालले गरेको कुराकानी ः
१)सर्वप्रथम तपाईलाई बधाई एवम् नविनतम् कार्यकालको शुभकामना । हालसालै नियुक्ति बुझेर आउनु भएको छ । समग्रमा तपाईंको विगतको अनुभव सँगै अब सुदूरपश्चिम विश्वविद्यालयको शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ ?
अब विश्वविद्यालय भन्ने वित्तिकै विश्वविद्यालयमा विभिन्न कुरा के हुन्छ भने पठनपाठन र त्यसको क्यालेन्डर । क्यालेन्डर अनुसार कहिले भर्ना लिने कोर्स कहिले सक्ने ,परीक्षा कहिले लिने र परीक्षाको नतिजा कहिले निकाल्ने भन्ने जुन समस्या आएको छ, अहिले हाम्रो देश भरिको विश्वविद्यालयहरुमा । सबै भन्दा पहिले चाहीँ मैले क्यालेन्डर लागु गरेर समयमा भर्ना, समयमा कोर्स सक्ने र समयमा परिक्षा लिएर समयमै परिक्षाको नतिजा प्रकाशन गर्नमा म विशेष पहल गर्नेछु ।
२) नेपालमा विश्वविद्यालयहरू राजनीतिले आक्रान्त छन् । तपाईंको विश्वविद्यालय पनि विगतदेखि विभिन्न समय देखि रहँदै आएको छ । यसप्रति के टिप्पणी गर्न चाहनुहुन्छ ?
हैन विश्वविद्यालयमा राजनीति गर्नु हुन्न भन्ने कुरा चाहीँ होइन, राजनीति गर्नुपर्छ । तर विश्वविद्यालय बनाउने राजनीति गर्नुपर्छ । त्यसैले अब यो सुदूरपश्चिम विश्वविद्यालयमा पनि यदाकदा सुन्ने गरिएको छ । यता त्यस्ता कुरा सुनिने गरेको छ । तर सबै राजनीतिक दल सँग सहकार्य गरेर उहाँहरुलाई विश्वासमा लिएर संस्थालाई अगाडि बढाउने योजना बनाएको छु ।
३) सुदूरपश्चिम विश्वविद्यालयको सम्भावनालाई कसरी चित्रण गर्नुहुन्छ ?
व्यापक सम्भावना छ किनभने हाम्रो सुदुरपश्र्रिम क्षेत्र भरि तपाईको जडिबुटी देखि लिएर यहाँको पर्यटन देखि लिएर, यहाँको कला संस्कृतिमा व्यापक अध्ययन गर्न सकिन्छ । विश्वविद्यालय भनेको ज्ञान बढाउने संस्था सँगै ज्ञानको विकास गर्ने संस्था भएको हुनाले यस्ता ज्ञानको भण्डार भएको ठाउँमा चाहीँ हामी सम्भावना पाउने गर्दछौँ ।
४)विश्वविद्यालयले शैक्षिक क्षेत्रमा पुरानो दिनमा निकै धेरै परिवर्तन गरेको छ ? वास्तवमा विश्वविद्यालयको शैक्षिक परिवर्तन कस्तो किसिमको हुनुपर्छ । यसमा के भन्नुहुन्छ नि ?
विश्वविद्यालय भनेको विश्वविद्यालय शिक्षा भनेको युग सुहाउदो शिक्षा हुनुर्पछ । अहिलेको एक्काइसौँ शताब्दीमा जुन अहिलेका रिर्सचहरु भईरहेको छन् । जुन मार्केटमा जस्तो खाले प्राविधिक मेनपावरको खाचो छ । त्यस्तै अनुसारको चाहिँ पाठ्यपुस्तकहरु पठ्यक्रमहरु बनाएर लागु गर्नुपर्ने देखिन्छ ।
५) विभिन्न मुलुकभरका विश्वविद्यालयहरूबीच सुदूरपश्चिम विश्वविद्यालयले कसरी प्रतिस्पर्धा गर्छ ? यस विश्वविद्यालयमा अन्य विश्वविद्यालयको तुलनामा फरक बनाउनका लागि तपाईं के गर्नु हुँदैछ ?
विश्वविद्यालयको र्याकिङ्ग भन्ने हुन्छ विश्वभर । त्यो भएको हुनाले अहिले यस्तो हेर्दा खेरि हाम्रो विश्वविद्यालय पछाडि परेको अवस्थामा विश्वविद्यालयमा मुख्य गरेर अनुसन्धान र विकास छ । यसमा विशेष फोकस गरिकन पक्कै पनि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा यो विश्रविद्यालय अगाडि बढाउने योजना बनाएको छु ।
६)सुदूरपश्चिम विश्वविद्यालयले आङ्गिक क्याम्पस पनि थप्दै गएको अवस्था छ । वास्तवमा आङ्गिक क्याम्पस थप्ने विश्वविद्यालय योजना कस्तो हुन्छ, कस्तो हुनुपर्छ ?
यो क्याम्पस भन्ने वित्तिकै किनभने विश्वविद्यालय भन्ने वित्तिकै व्यापक बनाउनु पर्छ । विद्यार्थी संख्या पनि हुनुपर्छ । किनभने विद्यार्थी संख्या पुगेन भनेदेखि विश्वविद्यालयको स्थर बढ्दैन । त्यो भएको कारणले आङ्गिक क्याम्पसले नै विद्यार्थीको संख्या बढाउने योजना पहिले देखिनै लागु भएको छ यो कुरा चाहीँ निरन्तर रहिरहन्छ ।
७) तपाईंले विश्वविद्यालयमा कस्ता–कस्ता समस्या पाउनुभयो र तीनलाई कसरी सामाधान गर्नुहुन्छ ?
अब समस्या समाधान भन्ने वित्तिकै यहाँको अहिले चाहीँँ जो पूर्वाधार छ त्यो पूर्ण रुपमा पुरा भएको छैन । त्यो सँगसँगै जो यहाँको पाठ्यपुस्तक तथा पाठ्यक्रमहरु छन् । यसलाइ चाहीँ परिमार्जन गरिकन यसलाइ अगाडि बढाउने योजना बनाएको छु ।
८) विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विकास गर्नका लागि यस अघिको नेतृत्वले पनि धेरै सकारात्मक कामहरुमा सफलता प्राप्त गरेको थियो । तपाईंको कार्यकालमा यसलाई थप कसरी प्राज्ञिक केन्द्र बनाउने सोचमा हुनुहुन्छ ?
यसमा मुख्य गरेर विदेशी विश्रविद्यालय सँग MOU गर्नुपर्याे । Joint Program हरु संञ्चालन गर्नु पर्याे । जसले गर्दा खेरि चाहीँँ कम खर्चमा नेपालमा नभएका Interdisciplinary कोर्सहरुको चाहीँ अध्यन गर्न सक्यो भने पक्कै पनि विश्वविद्यालयले राम्रो सफलता प्राप्त गर्न सक्छ ।
९) तपाईं सुदूरपश्चिम क्षेत्रबाट हुर्किएर सुदूरको शिक्षाको उच्च क्षेत्रमा पनि हुनुहुन्छ । यसमा के भन्नुहुन्छ ?
मैले विशेष गरेर यहाँको सम्पुर्ण स्थानिय देखि लिएर यहाँको राजनीति दल देखि लिएर सबै सँग सहकार्य गर्ने योजना बनाएको छु । यो सँगसँगै मुख्य गरेर चाहीँँ अनुसन्धानमा विकास फोकस गरिकन अन्र्तराष्ट्रिय विश्वविद्यालय सँग चाहीँ समुन्वय गरेर समग्र विश्वविद्यालयको शिक्षालाई अगाडि बढाउने योजना लिएको छु ।
१०) तपाईंको आगामी योजना के कस्तो छ ?
समग्रमा योजना भन्ने वित्तिकै सबभन्दा पहिलो चाहीँ मैले के गर्छु भनेदेखि तपाईको यो शैक्षिक क्यालेन्डर चाहीँ लागु गर्नेुपर्ने भएको छ । यो शैक्षिक क्यालेन्डर भनेको विश्वविद्यालयमा हेर्न कि तपाइको विदेशी विश्वविद्यालयमा गुडस्टेसन कन्डिसन त्यो भएको हुनाले विश्वविद्यालयमा जहिले पनि के हुन्छ भने देखि मार्च देखि इनटेक लिएर तपाइको जुलाईमा सम्पन्न गर्ने गरिन्छ । त्यस्तै तपाईको अर्काे सेमेस्टर भनेको अगस्ट देखि सुरु भएर फेरि जेनवरीमा सकिन्छ । यो क्यालेन्डर चाहीँ लागु गर्नुपर्ने मेन देखेको छु मैले ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...